back
CTIZAN AD

मझुवागढीका लागि बयालीस लाख बजेट

वि.सं.२०७३ पुस २१ बिहीवार

1.1K 

shares

खोटाङ । दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीको पर्यटन विकासका लागि रु ४२ लाख बजेट प्राप्त भएको छ ।

मझुवागढीको पर्यटन प्रवद्र्धनका लागि सहरी विकास मन्त्रालयबाट रु तेह्र लाख, पर्यटन मन्त्रालय नाम्चे शाखा, जल उत्पन्न प्रकोपबाट रु छ लाख तथा पुनःनिर्माण मन्त्रालय, पर्यटन मन्त्रालय र भूसंरक्षण कार्यालय दिक्तेलबाट रु पाँच÷पाँच लाख, र पुरातत्व विभागबाट रु तीन लाख बजेट प्राप्त भएको हो ।

आव २०७२÷७३ मा विभिन्न शीर्षकमा रु ५७ लाख ३० हजार रकम उपलब्ध गराएका विभिन्न मन्त्रालयले आव २०७३÷७४ का लागि पनि बजेट छुट्याएका छन् । प्राप्त बजेटले समुद्री सतहदेखि करिब दुई हजार मिटर अग्लो गढीमा पानी पु¥याउने, गढीस्थित कालिका भगवती मन्दिरमाथिको चौरमा पोखरी निर्माण, फलैँचा व्यवस्थापन, धारा, घेरबार, बगैँचा निर्माण गरिने झुवा कालिका भगवती संरक्षण विकास समितिका अध्यक्ष पदमप्रसाद आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार गणेश मन्दिर निर्माणका काम पूरा गर्ने, मन्दिरको उत्तरतर्फ पर्खाल लगाउने, भगवती मन्दिरको मर्मत गर्ने, गढीको स्वरुप देखिने पूर्वाधार तयार पार्ने, गुफा अगाडि ढुङ्गा छाप्नेलगायतका काम गरिनेछ । विभिन्न मन्त्रालय तथा कार्यालयबाट प्राप्त भएको बजेटबाट तोकिएको काम गर्नका लागि फरक फरक निर्माण उपभोक्ता समितिमार्फत काम भइरहेको आचार्यले बताउनुभयो ।

हलेसीमा आएका दर्शनार्थीले मझुवागढीको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूर्ण हुने जनविश्वास छ । मझुवागढी ओझेलमा परेको छ । यसको पर्यटकीय पूर्वाधारको विकास भएको छैन । मझुवागढीको विकासका लागि २०७१ सालमा मझुवा कालिका भगवती संरक्षण तथा विकास समिति गठन गरिएको हो । रासस

वि.सं.२०७३ पुस २१ बिहीवार १०:५२ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफको ऐतिहासिक सफलता : १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...