back
CTIZAN AD

कोभिडलाई परास्त गरेका भट्टराई भन्छन् – मैले गरेको गल्ति अरुले नगर्नुहोला

वि.सं.२०७७ असोज १३ मंगलवार

738 

shares

COVID positive भैसकेपछि पहिलो आक्रमण हुने भनेको श्वासप्रश्वास/फोक्सोमा नै रहेछ । किनकी नाक, घाटी हुदै फोक्सोमा आक्रमण गर्छ । भाइरसको प्रमुख काम रोग संग लड्ने प्रतिरक्षा शक्ति (immune system) कमजोर पार्ने हो । यीनीहरू यति दुष्ट हुन्छन कि चोर बाटो पाहुनाको रूपमा सुटुक्क हाम्रो घर भित्र छिर्छन। हाम्रो खाएर बस्छन, हाम्रो शरिर भित्र सन्तान उत्पादन गर्छन, घर जमाउछन र जब आफै बलियो हुन्छन अनि शरिरै हडप्न/आक्रमण गर्न शुरू गर्छन ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका सामाजिक अभियन्ता महेश भट्टराई कोभिड–१९ बाट संक्रमित भएर कोभिडलाई परास्त गरेका छन् । आफूलाई कोभिड लागेसँगै सामाजिक सञ्जालमार्फत अनुभव शेयर गर्दै आएका भट्टराईले कहिले यसलाई सामान्य लिएको र कहिले जटिल रुपमा बुझ्ने गल्ति गरेका कारण स्वास्थ्यमा झनै समस्या बढेको बताएका छन् । उनले कोभिड बारे आफूले गरेका १० गल्ति उल्लेख गर्दै १३ बुँदे सुझाव दिएका छन् ।

उनी भन्छन्  :

आज १२ रौ दिन : बिरामी संग म दैनिक लड्दै गर्दा चित्त दुखाएर, रूवाएर पनि आज सबैलाई अनुभव कोरोना कबज बाड्दैछु । एक्लै लडेर जित्नु भन्दा सबैसंगै मिलेर लडेरसगै जित मनाउनु राम्रो होइन हजूर !

बादल र घनघोर बर्षा पछिको दिन कति उज्वालो र घामिलो हुन्छ हेर्नुस त । चौबिस घन्टा भयो ज्वरो आएको छैन, घन जस्तो लाग्ने टाउको फुल जस्तो लागेको छ, सिटामोल खाएको छैन, सामान्य खाना खाएको छु ।

हजूरहरूले पठाएका फोन, म्यासेज, प्राथनाका हरेक पुष्प गुच्छाहरू मुटु र बेड भरि बिछ्याएर निदाएँ । Antibiotics को results effective छ । Critical Lab results क्रमश: normal हुदैछ । Virus ले डरले पहिल्यै कुलेलम ठोकेर bacteria लाई बुझाएको रहेछ । धेरै दिन पछि नुवाएँ । COVID झेलेको कालो अनुहार रातो बनेर आयो ।

यदि कोरोना, धैर्यता, प्रार्थना,आत्मबल मात्रमा निर्भर भै १४ दिनसम्म घर मै बसेको भए हजूरको श्रन्द्दान्जली मैले पढ्न पाउने पक्कै थिइन । सबै आफन्तको अगाध माया, प्रेम र प्रार्थनाको बर्षाले यो मन झनै बलियो र ऋणी भएको महशुश गरेको छु । कहिल्यै देखभेट नभएका नचिनेका फेसबुक कै चिनेको भरमा निस्वार्थ चोखो माया दिने साथीहरूको म्यासेज र मायाले यो मन झनै भक्कानिएर आखां धरधरि रसाएको छ । हजुरहरूको ऋण यो जुनिमा तिर्न सक्ने छैन (लेख्दा लेख्दै मेरा आशुहरू थामिरहेका छैनन, कृपया ऋण मुक्त गरिदिनु होला ल) बस मेरो प्रार्थना म नै हजूरहरूको प्रतिनिधी पात्र बन्न सकू र सबैलाई कोभिड मुक्त कबज प्रदान गर्न संकू । अब मैले युद्द जिते जस्तो लाग्छ तर महाभारतमा लागेको युद्दका चोटिला घाउहरूमा मलमपट्टि लगाउन भने केहि समय पक्कै लाग्नेछ ।

COVID positive भैसकेपछि पहिलो आक्रमण हुने भनेको श्वासप्रश्वास/फोक्सोमा नै रहेछ । किनकी नाक, घाटी हुदै फोक्सोमा आक्रमण गर्छ । भाइरसको प्रमुख काम रोग संग लड्ने प्रतिरक्षा शक्ति (immune system) कमजोर पार्ने हो । यीनीहरू यति दुष्ट हुन्छन कि चोर बाटो पाहुनाको रूपमा सुटुक्क हाम्रो घर भित्र छिर्छन। हाम्रो खाएर बस्छन, हाम्रो शरिर भित्र सन्तान उत्पादन गर्छन, घर जमाउछन र जब आफै बलियो हुन्छन अनि शरिरै हडप्न/आक्रमण गर्न शुरू गर्छन ।

यहि कमजोरी भएको मौकी छोपी अर्को दुश्मन Bacteria लाई पनि निम्ता दिन्छ । दुबै शत्रु मिलेर शरिरमा आक्रमण गरि हाम्रो शरिरका सेनालाई सजिलै हराउछन । फोक्सो, मुटु, पिसाब प्रमुख अंग रोजेरै आक्रमण शुरू गर्छन। शरीरको सेना हारे पछि त्वम शरणम ! सिकिस्त बिरामी परे हजूरहरूको प्रार्थना वा मेरो आत्मबल दुबै हार्ने रहेछ हजूर ।

मेरो गल्ति र कमजोरी :

  1. Doctors/WHO/CDC को कुरा सबै सुन्नु, मान्नु पत्याउनु।
  2. work and medical Insurance company दुई डाक्टरले दैनिक रूपमा सबै कुरा सोधे, Don’t worry, hanging their you will be fine, only go to hospital in critical condition, भनेर डाटा कलेक्सनको लागि मात्र गरे ! They only fellow cdc guidelines.
  3. Hospital refer गर जान्छु भन्दा तेरो vital signs normal छ, oxygen level normal छ भन्ने, fever and headache COVID related हो भन्ने, covid positive बिरामी अस्पताल गयो भने अझै फैलिने चान्स बढि हुन्छ भनेर नपठाउने, थामथुप पारे ।
  4. 8th days, Emergency मा गएको vital signs and chest जांच नगरि ठिकै छ fevers, cough, all symptoms normal हो, blood test and X-ray नर्नु पर्दैन pneumonia भए पनि यसैले हुन्छ भनि एक antibiotics थमाई पठाए । कारण : positive बिरामी लाई सबै तिर घुमाउदा फैलिने डरले Triage बाटै फिर्ता गरि दिए।
  5. अमेरिकन भै अलि बढि नै नियम कानुन मान्नु र असल, इमान्दार नागरिक बन्ने कोशीश पनि गरियो ।
  6. ५ दिन पछि सबै नेपालीको सुझाब बेसार देखि गुर्जो पानी, सुने, देखे जति मान्दै दिदै जाने श्रीमती प्रेम, डर, करमा खादै जाने श्रीमान ।
  7. अनुभवी स्बास्थ्यकर्मिको नाताले केहि बढि नै जान्ने बुझ्ने आफैलाई ठान्ने ! आज सम्म निरोगी भएकाले पक्कै जित्छु भन्ने घमन्ड पनि भयो।
  8. दोस्रो पटक ER जादा मात्र lab X-ray गर्न सफल मै pneumonia diagnosis भयो र IV antibiotic plus steroid चलाए पछि fever control भएको छ ।
  9. Actually I was suffering from secondary infection UTI and pneumonia. Always remember COVID Test can be false positive.
  10. मेरो बुझाईमा मलाई virus ले जुक्यायो, कमजोड पार्यो र पाचौ दिनमा Bacteria लाई बुझायो ! म भने virus कै पछाडि भागि रहे ।WHO, doctors र दुनियाले दौडमा म पनि संगै भागे।

मेरो सुझाब :

  1. ५ दिन सम्म बेसार देखि …गुर्जो सम्म, बनायसी, घरायसी देखि कानमा परे सम्म आफ्नै रोजाई र खुशीले खानुस ।
  2. Vitamin C, D, Zink, Multi vitamins खादा राम्रो ।
  3. ५ दिन पछि पनि क्रमश ज्वरो कमि नभै अन्य लक्ष्यणबरू क्रमश थपिदै गयो भने secondary infection छ कि भनेर जांच गराउनुस । Pneumonia, UTI ….।
  4. ५ दिन पछि WHO/CDC/Doctors को guideline लाई नमान्ने/तोड्नुस अर्थात Critical/warning condition कुरेर सिकिस्त हुदा सम्म घरमा नबस्नुस । According to WHO/CDC/doctors recommendations we only can go to hospital for ventilator/critically condition.
  5. Lab/blood test, urine, X-ray गराउनुस ।
  6. १४ दिन लाग्छ, यस्तो हो, आत्तिनु हुदैन, यो खानुस ट्वाक्क हुन्छ, घर मै सन्चो हुन्छ …जस्ता दुनियाका कुरा नसुन्नुस, निर्णय आफै बेलामै लिनुस, अस्पताल जानुस ।
  7. अस्पतालमा पनि सके सम्म उहि WHO/CDC/hospital policy को नियममले हात बाधिएका डाक्टरले its all are Normal signs/symptoms, be patient, you will be just fine.. भनेर मलाई झै मिठो बोलेर घर पठाउन सक्छन ।
  8. आफ्नो कुरा दरो संग राख्नुस आबश्यक परेमा केहि कुरा मिलाउनुस/थप्नुस ।
  9. कोरोना हो त्यसै निको हुन्छ, १४ दिन लाग्छ, बेसारपानी … ले निको हुन्छ , उसले यो खाएर निको भयो, उसले यसो भन्यो, यस्ता हजारै अफबाहको पछाडी नलाग्नुस ।
  10. हरेक मानिसमा virus को anatomy, growth process, incubation period, infection period, severity, complications फरक हुन्छ ! त्यसरी नै हरेक मानिसमा रोग संग लड्न सक्ने प्रतिरक्षा शक्ति फरक फरक हुन्छ। हरेक मानिसको आत्मा फरक, अनुहार फरक, व्यवहार फरक भए जस्तै रोगको लक्ष्यण र उपचार र प्रभाकारिता पनि एउटै हुदैन ।
  11. शारांसमा भाइरसको औषधी छैन, तपाईको शक्ति(immune power) बलियो छ र भाइरस कमजोर खालको पर्यो भने जसले भन्यो त्यहि खाए पनि ५ दिन पछि क्रमश संचो हुदै जान्छ । प्रार्थना र आत्मबलले मात्र निको हुदैन ।
  12. Always remember “you are the best doctor of your body” “ listen to your heart “ सधै आफ्नै अन्तरआत्मको आवाज सुन्नुस ।
  13. बिश्वास गर्नुस COVID ले मान्छे मार्दैन, हाम्रौ मानविय अबुझपन र लापार्बाहिको कारणले हामी आफैले आत्महत्या गर्दैछ्यौ वा बाध्य पारिन्छ ।

मेरो अनुरोध:

“मेरो उद्देश्य : म बाचे हैन, हामी सबै बचौ र बचाऊ भन्ने हो” म हिरो वा भाइरल बन्ने कुनै रहर वा चाहना हैन/छैन तर सबै मानवजातीलाई भाइरस मुक्त कवज पहिराउने चाहना पक्का छ ! हामी सबै एक मानव हौ । हाम्रो मानविय ब्यबहारले नै हामीले संसार जित्ने छ्यौ । जसरी गौतम बुद्दले जिते । हामीले पनि जित्नेछ्यौ । मानवता मिठा चिप्ला कुराले हैन, ब्यबहारले देखाऊन सिकौ । प्रेम नै जिवन हो, यो कोमल, सुन्दर, शान्त छ, जति बाँड्यो त्यत्ति बढ्छ, फिर्ता डब्बल आउंछ ।

Please share or publish:
“Action speak out better than words”
Covid को थोपाले लेखेको ब्यर्थ जाने छैन !
September 28,2020

 

वि.सं.२०७७ असोज १३ मंगलवार ०८:३६ मा प्रकाशित

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...