back
CTIZAN AD

संघीय समाज अमेरिकाद्धारा पीडित संघर्ष समितीप्रति ऐक्यबद्धता

वि.सं.२०७३ पुस २२ शुक्रवार

1.2K 

shares

press-release1

राज्यले उचित क्षतिपूर्ति तथा पुनर्वासको व्यवस्था नगरी काठमाण्डौ उपत्यका लगायत आसपासका क्षेत्रमा जुन प्रकारको कालो आतंक मच्चाएर सडक विस्तारका नाममा स्थानियवासीहरूलाई सताएको भन्दै आपत्ति जनाएको छ । समाजले यस्तो अमानविय कार्य तत्काल रोक्न सम्बन्धीत निकायसमक्ष ध्यानाकर्षण गराएको छ ।
समाजका अध्यक्ष समिर मर्हजनद्धारा जनवरी ४ का दिन जारी गरिएको विज्ञप्तिमा पीडित संघर्ष समितीको मागलाई तत्काल पुरा गरीयोस भन्दै संघर्ष समितीको आन्दोलनप्रति नेपाली संघिय समाज अमेरीकाले ऐक्यबद्धता जनाएको र संसारभरीरहेका नेपालीहरूलाई यसप्रति ऐक्यबद्दता जनाइदिन पनि समाजले अनुरोध गरेको छ ।

अध्यक्ष मर्हजनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा राज्य ले विकासको नाममा जुन प्रकारको कालो आतंक गरीरहेको छ यसप्रति हामी नेपाली संघिय समाज अमेरीकाको ध्यानाकर्षण भएको छ । हामी विकास चाहान्छौ । समृद्दी चाहान्छौ । यसको मतलव यो होईन कि, जनतालाइ नै उठिबास गर्ने विकास हामीले चाहेका होईनौ । राज्यले सडक विस्तारका नाममा जुन प्रकारको विना मुआब्जा जनताको घर भत्काउने कार्य गरीरहेको छ यो तत्काल बन्द गरियोस । सडक विस्तारको नाममा जनता घरबारबिहिन मात्र होईन हजारौ बर्षदेखीको पुरातात्विक तथा ऐतिहासिक धरोहर हरू समेत नष्ट हुदै छ । यसप्रति हामी सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गर्न चाहान्छौ । स्थानिय जनता पिडितहरूको मागलाई उचित ढंगले व्यवस्थापन तथा माग पुरा गराउन आन्दोलनरत पिडितहकरूको संघर्ष समिती प्रति ऐक्यबद्दता जनाउदै राज्यको कालो आतंकको घोर भत्र्सना एवं निन्दा व्यक्त गर्दछौ ।”

वि.सं.२०७३ पुस २२ शुक्रवार ०४:५० मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...