back

पुननिर्मित भवन विद्यालयलाई हस्तान्तरण

वि.सं.२०७३ पुस २२ शुक्रवार

663 

shares
IME Limited
NTC AD

15894734_1295515200505300_2059226481938956804_n

२२ पुस,काठमाडौं । महाभुकम्पपछिको ध्वस्त संरचना पुनःनिर्माण गर्न नेपाल सरकार आलटाल गरिरहेको बेला हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरशिप (हेल्प)ले भने विद्यालय भवन पुनः निर्माण गर्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु आसपास रहेका केही विद्यालयलाई हेल्पले बनाउदै समुदायलाई हस्तान्तरण गर्न थालेको हो । यसै सिलसिलामा बुधबार आयोजित एक समारोह विच ढाप्सुङ प्रा.वि.हस्तान्तरण भएको हो । इचोक गा.वि.स.मा रहेको उक्त विद्यालयको प्राङ्गनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अभिनेता क्या.विजय लामाले रु ३६ लाख ५२ हजार ७ सय ६३ मा निर्मित भवन हस्तान्तरण गरेका हुन् ।
वि.व्य.स.का अध्यक्ष सञ्च तामाङको सभापतित्वमा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथि लामा, विदेशी नागरिक लिजी होकर, आजको शिक्षा साप्ताहिकका सम्पादक सुर्दशन सिग्देल, दिगो विकास इन्स्टीच्युडका अभिषेक श्रेष्ठ, हेल्पका कार्यकारी निर्देशक जिमी लामा, छिरिङ लामा, भाष्कर काफ्ले, भुमेश्वरी स्रोतकेन्द्र किउलका स्रोत व्यक्ति भरत नेपाल, श्री महेन्द्र मा.वि. इचोकका शिक्षक प्रतिनिधि कृष्ण घिमिरे, सोही प्रा.वि.का प्र.अ रामदयाल शाह लगायतले भौतिक संरचनाको विकाससँगै गुणस्तरीय शिक्षामा सवैले विशेष जोड दिनुपर्ने बताएका छन् ।

वि.सं.२०७३ पुस २२ शुक्रवार ०५:१४ मा प्रकाशित

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहट । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई...

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न...

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै गलकोट (बागलुङ)...