back
CTIZAN AD

पुननिर्मित भवन विद्यालयलाई हस्तान्तरण

वि.सं.२०७३ पुस २२ शुक्रवार

969 

shares

15894734_1295515200505300_2059226481938956804_n

२२ पुस,काठमाडौं । महाभुकम्पपछिको ध्वस्त संरचना पुनःनिर्माण गर्न नेपाल सरकार आलटाल गरिरहेको बेला हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरशिप (हेल्प)ले भने विद्यालय भवन पुनः निर्माण गर्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु आसपास रहेका केही विद्यालयलाई हेल्पले बनाउदै समुदायलाई हस्तान्तरण गर्न थालेको हो । यसै सिलसिलामा बुधबार आयोजित एक समारोह विच ढाप्सुङ प्रा.वि.हस्तान्तरण भएको हो । इचोक गा.वि.स.मा रहेको उक्त विद्यालयको प्राङ्गनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अभिनेता क्या.विजय लामाले रु ३६ लाख ५२ हजार ७ सय ६३ मा निर्मित भवन हस्तान्तरण गरेका हुन् ।
वि.व्य.स.का अध्यक्ष सञ्च तामाङको सभापतित्वमा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथि लामा, विदेशी नागरिक लिजी होकर, आजको शिक्षा साप्ताहिकका सम्पादक सुर्दशन सिग्देल, दिगो विकास इन्स्टीच्युडका अभिषेक श्रेष्ठ, हेल्पका कार्यकारी निर्देशक जिमी लामा, छिरिङ लामा, भाष्कर काफ्ले, भुमेश्वरी स्रोतकेन्द्र किउलका स्रोत व्यक्ति भरत नेपाल, श्री महेन्द्र मा.वि. इचोकका शिक्षक प्रतिनिधि कृष्ण घिमिरे, सोही प्रा.वि.का प्र.अ रामदयाल शाह लगायतले भौतिक संरचनाको विकाससँगै गुणस्तरीय शिक्षामा सवैले विशेष जोड दिनुपर्ने बताएका छन् ।

वि.सं.२०७३ पुस २२ शुक्रवार ०५:१४ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...