back

निसेलुङ डाँडामा भ्यु टावर बनाउने तयारी

वि.सं.२०७३ पुस २२ शुक्रवार

618 

shares
IME Limited
NTC AD

 २२ पुस,पथरी (मोरङ) । मोरङको टाँडी–२ मा अवस्थित निसेलुङ डाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयहरु एक जुटभएका छन् ।

निसेलुङ पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष खगेन्द्र मादेन लिम्बूका अनुसार निसेलुङ डाँडामा पहिलो चरणमा ५० मिटर अग्लो भ्यु टावर बनाउने तयारी गरिएको छ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसद डिगबहादुर लिम्बूले रु १० लाख र गाविसबाट रु दुई लाख विनियोजन गरिएको छ । त्यही बजेटका भरमा भ्यु टावर निर्माण शुरु गरिएको हो ।

टावर निर्माणका लागि बहुवर्षे योजना बनाएर पर्यटकीय केन्द्र निर्माणको काम सुरु गरिएको निसेलुङ पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष लिम्बूको भनाइ छ ।

मादेनका अनुसार आन्तरिक पर्यटक भित्र्याउनका लागि योजना बनाएर काम थालिएको हो । उर्लाबारीदेखि सात किलोमिटर उत्तरमा अवस्थित टाँडी चोकदेखि एक किलोमिटर उत्तर हुँदै निसेलुङ डाँडामा पुग्न सकिन्छ ।

निसेलुङ डाँडाबाट तराईका समथल भूभागका अलावा मधुमल्ला, उर्लाबारी, दमक चोक अवलोकन गर्न सकिन्छ । त्यसबाट पर्यटक आकर्षित गर्न सकिने विश्वास स्थानीय अर्जुनसिंह लिङदेनको भनाइ छ ।

“निसेलुङ’ शब्द लिम्बू भाषाको हो । लिम्बू भाषामा निसेलुङ भन्नाले राम्रो अर्थात ‘कोसेढुङ्गा’ भन्ने हुन्छ । अध्यक्ष लिम्बूका अनुसार डेढ दशकअघि स्थानीयले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएका थिए । रासस

वि.सं.२०७३ पुस २२ शुक्रवार ०५:२९ मा प्रकाशित

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले कृषि...

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

रौतहट । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई...

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

लगातार छैटौं दिन पनि बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वतका रामकृष्णको बुटवलमा हयाट्रिक

पर्वत फलेवास नगरपालिका कुर्घाका रामकृष्ण शर्मा शनिवार साँझ बुटवलमा सम्पन्न...

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

नेपालमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार...

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै

एक अर्बको नागरिक स्वास्थ्य उपचार कोष स्थापना हुँदै गलकोट (बागलुङ)...