back
CTIZAN AD

निसेलुङ डाँडामा भ्यु टावर बनाउने तयारी

वि.सं.२०७३ पुस २२ शुक्रवार

963 

shares

 २२ पुस,पथरी (मोरङ) । मोरङको टाँडी–२ मा अवस्थित निसेलुङ डाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयहरु एक जुटभएका छन् ।

निसेलुङ पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष खगेन्द्र मादेन लिम्बूका अनुसार निसेलुङ डाँडामा पहिलो चरणमा ५० मिटर अग्लो भ्यु टावर बनाउने तयारी गरिएको छ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसद डिगबहादुर लिम्बूले रु १० लाख र गाविसबाट रु दुई लाख विनियोजन गरिएको छ । त्यही बजेटका भरमा भ्यु टावर निर्माण शुरु गरिएको हो ।

टावर निर्माणका लागि बहुवर्षे योजना बनाएर पर्यटकीय केन्द्र निर्माणको काम सुरु गरिएको निसेलुङ पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष लिम्बूको भनाइ छ ।

मादेनका अनुसार आन्तरिक पर्यटक भित्र्याउनका लागि योजना बनाएर काम थालिएको हो । उर्लाबारीदेखि सात किलोमिटर उत्तरमा अवस्थित टाँडी चोकदेखि एक किलोमिटर उत्तर हुँदै निसेलुङ डाँडामा पुग्न सकिन्छ ।

निसेलुङ डाँडाबाट तराईका समथल भूभागका अलावा मधुमल्ला, उर्लाबारी, दमक चोक अवलोकन गर्न सकिन्छ । त्यसबाट पर्यटक आकर्षित गर्न सकिने विश्वास स्थानीय अर्जुनसिंह लिङदेनको भनाइ छ ।

“निसेलुङ’ शब्द लिम्बू भाषाको हो । लिम्बू भाषामा निसेलुङ भन्नाले राम्रो अर्थात ‘कोसेढुङ्गा’ भन्ने हुन्छ । अध्यक्ष लिम्बूका अनुसार डेढ दशकअघि स्थानीयले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएका थिए । रासस

वि.सं.२०७३ पुस २२ शुक्रवार ०५:२९ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...