मलेशियामा भिषा सकिएर देश फर्कन नपाएका बिभिन्न ७ नेपालीको उद्वार गरी स्वदेश फर्काएको छ । जनउद्धार केन्द्र मलेशिया र घुम्टे युवा परिवार जापान शाखाको पहलमा उनीहरुको उद्धार गरी स्वदेश फकाइएको हो ।
हिमालयन एअरलाइन्सको फ्लाइट मार्फत स्वदेश फर्काइएकाहरुमा सप्तरीका अनिल कुमार रजक र श्याम सुन्दर सदा, गुल्मिका गंगा बहादुर बस्नेत , बाँकेका गिरिजाप्रसाद महतो, राकेश यादब र राजुनाथ योगी र संखुवासभाका राजेन्द्र बहादुर सिंङ रहेका छन ।
जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाको संयोजनमा मलेशियाका विभिन्न जेल तथा घरफिर्ती केन्द्रमा निरन्तर भेटसम्पर्क पछि आर्थिक अभाव झेलिरहेका ७ जना युवालाई मातृभुमी फर्काउन सकिएको घुम्टे युवा परिवार गलकोटको संस्थापक तथा मुल संरक्षक बेलुकाजी थापाले बताए ।
सो काममा जनउद्धार केन्द्रका उपाध्यक्ष रुप बहादुर टन्डनको आर्थिक संयोजनमा जापान स्थित घुम्टे युवा परिवार गलकोट जापान शाखाको आर्थिक सहयोगबाट टिकटको व्यवस्था गरी जेलमुक्त गरी स्वदेश फिर्तीका निम्ति सहयोगी हुन पाएकोमा समाजले खुसी व्यक्त गरेको छ ।
वि.सं.२०७७ असोज २४ शनिवार १५:१३ मा प्रकाशित






























