back
CTIZAN AD

समुदायमा शान्ति सुरक्षा कायम गर्न टोल सुरक्षा समिति गठन

वि.सं.२०७७ असोज २६ सोमवार

1K 

shares

२६ असोज, टीकापुर । कैलालीको टीकापुरमा समुदायमा शान्ति सुरक्षा कायम गर्न टोल सुरक्षा समिति गठन गर्न थालिएको छ । टोलको सुरक्षाको जिम्मा स्थानीयलाई नै दिने उद्देश्यका साथ टीकापुर नगरपालिका र इलाका प्रहरी कार्यालय टीकापुरको सहकार्यमा धमाधम समिति गठन थालिएको हो ।

प्रहरीले स्थानीय नागरिकसंँग शान्ति सुरक्षाका क्षेत्रमा सहकार्य गर्ने, कुनै घटना भए अनुसन्धानमा सहयोग होस् भन्ने उद्देश्यका साथ यो अभियान थालेको हो । टोल सुरक्षा समिति शान्ति सुरक्षामा बढी केन्द्रित हुनेछन् । स्थानीय परिवेश अनुसार समिति गठन हुन्छ । वडाको भौगोलिक समस्या हेरेर, जनसङ्ख्याका हिसावले पनि हुनेछ । हरेक वडामा १० भन्दा बढी समिति हुनेछन् ।

प्रहरी र नगरपालिका मिलेर थालेको यो अभियान अन्र्तगत अहिलेसम्म वडा नं १, ४,८,६ मा वडा र टोल सुरक्षा समिति गठन भइसकेका छन् । अन्य वडामा गठन कार्य चलिरहेको छ । टोल सुरक्षा समिति वडास्तरीय ९ वटा र हरेक वडामा १० भन्दा माथि टोल सुरक्षा समिति गठन हुनेछन् । वडा १ को जनसङ्ख्या र क्षेत्रफल धेरै रहेकाले यहाँ २२ वटा समिति गठन भएका छन् । नगरपालिकाभरी सयभन्दा बढी समिति गठन हुने देखिएको छ ।

टीकापुर नगरपालिका नगरप्रमुख तपेन्द्रबहादुर रावल ९ वटै वडाध्यक्षसँगको छलफलपछि सबै वडामा यो अभियान थालिएको जानकारी दिए । यो समितिले शान्ति सुरक्षासँगै महिलामाथि हुने हिंसा न्यूनिकरण, समाजमा गलत अभ्यासका रुपमा रहेका बालविवाह, बहुविवाह जस्ता गलत परम्परा न्यूनिकरणमा समेत सघाउनेछ ।

समितिले समुदायमा विद्यमान विकृति, विसंगति, लागू औषध दुव्र्यसन न्यूनिकरणका क्षेत्रमा जनचेतना जगाउने कार्य गर्ने इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए । ‘‘यो अभियानले स्थानीय नागरिक र प्रहरीको सु–सम्बन्ध स्थापना हुने अपेक्षा छ’’, उनले भने, ‘‘भुगोल, जनसङ्ख्या र स्थानीय परिवेशअनुसार समिति गठन गर्नै थालिएको छ ।

टोल समितिलाई नगरपालिका र प्रहरीले प्रशिक्षण, कानुनी व्यवस्थाका कुरा, उनीहरुको दायित्वबारे समेत जानकारी दिइनेछ । टोल सुरक्षा समितिका ड्युटीमा खट्नेका लागि सुरक्षा ज्याकेट, परिचय पत्र, टर्च, एउटा समितिलाई एउटा मोबाइल जस्ता अत्यावश्यक सामग्री वितरण गरिनेछ ।

समुदायको सुरक्षाका लागि नागरिक आफैँलाई जिम्मेवार बनाउने उद्देश्यले यो अभियान थालिएको हो’’, नगर प्रमुख रावलले भने, ‘‘रातिको समयमा प्रहरीको साथमा स्थानीय नागरिकले आफ्टो टोलमा गस्ती गर्नेछन् । गस्तीमा एक वा दुईजना प्रहरी नागरिकसँगै जानेछन् ।’’ नगर प्रमुख रावल टोल समितिले गस्ती गर्छ भन्ने सन्देश गएमा समुदायमा हुने केही अपराधिक घटना डराएरै कमी आउने बताए ।

नगरपालिका र प्रहरी मिलेर विद्यालयस्तरीय र टोलस्तरीय जनचेतना जगाउने खालका कार्यक्रम समेत गर्दै आएको छ । ‘‘कोरोना महामारीका कारण समुदायमै गरिने यस्ता जनचेतनामूलक कार्यक्रम केही प्रभावित भएका छन्’’, नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठुकल्लाले भने, ‘‘प्रहरी र स्थानीय तह मिलेर बालविवाह, लैँगिक हिंसा, लागू औषध दुव्र्यसन न्यूनिकरणका लागि जनचेतना जगाउने कार्यक्रम गर्छाै ।

स्वास्थ्य जोखिम कम भएमा यी कार्य समेत निरन्तर हुनेछन् ।’’ रासस

वि.सं.२०७७ असोज २६ सोमवार १२:१६ मा प्रकाशित

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...