२७ असोज । पाँच वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरका २३ वर्षीय शत्रुधन यादव जनाएको छ ।
पाँच वर्षीया बालिकालाई आँपको बगैँचामा लगेर यादवले बलात्कार गर्न खोज्दा बालिका भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
सिरहा प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जीयारका अनुसार पीडित नाबालिकाका परिवारजनले दिएकोे जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको थियो ।
उक्त घटना सम्बन्धि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७७ असोज २७ मंगलवार ११:४२ मा प्रकाशित






























