२७ असोज, काठमाडौं। नेपालमै पहिलो पटक सनराइज बैंकले मिस्डकल सेवामार्फत बिजुलीको महसुल भुक्तानी सेवा ल्याएको छ। सनराइज बैंकमा खाता हुने ग्राहकले मोबाइल नम्बर ९८५१२७३८६२मा मिस्डकल गरेर बिजुलीको महसुल मासिक भुक्तानी गर्न सक्नेछन्।
बैंकका अनुसार यो सेवा प्रयोग गर्नका लागि बिजुली महसुल सम्बन्धी विवरण बैंकको कुनै पनि शाखामा दर्ता गराउनुपर्नेछ। अहिले बैंकको स्मार्ट एपमार्फत बिजुली र पानीको भुक्तानी गर्ने सुविधा थियो।
वि.सं.२०७७ असोज २७ मंगलवार ११:२८ मा प्रकाशित





























