back
CTIZAN AD

लुटपाट गरि हत्या गरेको अभियोगमा ३ जना पक्राउ

वि.सं.२०७७ असोज २८ बुधवार

786 

shares

२८ असोज,काठमाडौं । रामेछापका चन्द्र बहादुर योञ्जनको साथबाट सुनको ब्रासलेट र मोबाइल लुटी हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । योञ्जन भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडाल बस्दैआएका थिए ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसेका शेर्पा भन्ने कामी लामा, चौताराका रमेश तामाङ (ज्वाला तामाङ०)र रामेछाप धोवि गाउँपालिकाका प्रेम तामाङ रहेका छन् । उनिहरुले असोज २१ गते चन्द्रको पसलमा वियर समेत सेवन गरी आफन्तलाई जग्गा चाहिएको भन्ने बहाना बनाई जग्गा विक्रीबाट आउने फाइदा बाड्नुपर्छ भनी प्रलोभनमा पारी पसलदेखि १ किलोमिटर पर बिडोलफाँटस्थित धानखेतमा लगेर कुटपिट गरी उनको साथमा रहेको उक्त ब्रासलेट र मोबाईल समेत लुटि फरार भएका थिए ।

कुटपिटबाट गम्भीर घाइते भएका चन्द्रको ग्रीनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा गत बिहीबार मृत्यु भएको थियो । उक्त घटनामा संलग्न व्यक्तिहरु महानगरीय अपराध महाशाखाको प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मृतक चन्द्रले कामी लामालाई दिनुपर्ने बाँकी रकम दिन आनाकानी गरेपश्चात चन्द्रलाई कुटपिट गरेर भए पनि रकम असुल्ने योजना बनाई कामी लामाले असोज १८ गते काठमाडौं नयाबस्तीमा रमेश र प्रेमसँग योजना बनाई चन्द्रको घर पहिचान गरेपश्चात असोज २१ गते दिउँसो जग्गा हेर्ने बहानामा उक्त धानखेतमा लगि कुटपिट गरेको उनिहरुले बयान दिएको बगाएको छ ।

वि.सं.२०७७ असोज २८ बुधवार १२:५६ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...