back
CTIZAN AD

नारायणकाजीलाई नेता भट्टराईको जवाफ– जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ

वि.सं.२०७७ असोज २८ बुधवार

720 

shares

२८ असोज, काठमाडौँ । जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठलाई जवाफ फर्काउँदै जस्केलाबाट छिर्नेहरुले सत्ताको तुजुक नदेखाउन भनेका छन् ।

बुढी गण्डकी जलविद्युत् आयोजनामा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालले अर्बौ घुस लिएको भनि दिइएको अभिव्यक्तिलाई भत्र्सना गर्दै प्रमाण दिन चुनौति दिएपछि नेता भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो जवाफ फर्काएका हुन् ।

प्रमाण पेश गर्न नेकपाका नेता नारायणकाजी श्रेष्ठको बाबुराम भट्टराईलाई चुनौती

उनले बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गर्नसमेत माग गरेका छन्।

सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गर्न माग गर्दै उनले आफू पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन समेत तयार रहेको बताएका छन् ।

उनले भनेका छन् :
बूढीगण्डकी,एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग,यती,ओम्नीलगायत सबै ठूला भ्रष्टाचार काण्डको छानबिन र दण्ड सजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं, उनले लेखेका छन्, सबै उच्च पदासीनहरूको सम्पत्ति छानबिन गरौं। म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु। जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ ।’

 

वि.सं.२०७७ असोज २८ बुधवार २१:१४ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...