१ कात्तिक, काठमाडौँ । बामपन्थी नेता तथा माक्र्सिय गुरुकुल नेपालका अध्यक्ष शशि शेरचन (स्वनाम साथी) कोभिड-१९ संक्रमणबाट अस्पताल भर्ना भएपछि जनस्तरबाट ठूलो चिन्ता ब्यक्त गरिएको छ ।
केहि दिन यता ज्वरो निकै बढ्दा पनि आन्दोलनकै चिन्ता गरेर साथीभाइ सँग भेटघाट गरिरहेका स्वनामलाई असहज भएपछि पाटन अस्यतालमा भर्ना गरिएको एक श्रोतले बताएको छ ।
लामो समयदेखी मृगौलाको बिरामी रहेका स्वनाम राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको पक्षमा लडिरहने इमान्दार कम्युनिष्ट नेता हुन् ।
उनको स्वास्थ्यस्थिति प्रति गम्भिर बन्न सरकारलाई आग्रहका साथ शिघ्र स्वास्थलाभको कामनाले सञ्जालहरु ढाकिएका छन् ।
वि.सं.२०७७ कात्तिक १ शनिवार ०८:१८ मा प्रकाशित






























