back
CTIZAN AD

कविता: क्याक्टसका फूलहरू

वि.सं.२०७७ कात्तिक १ शनिवार

945 

shares

क्याक्टस !
तिम्रा आँचलमा रंगीन फूल फुलेपछि
जब बिश्वासको हृदय सुम्पिए
हात र ओठको श्पर्समा
गैंडाले जसरी बेपर्वाह छाला ताछेर छोड्यौ
तब बुझें
फूल जस्तो मायाको बतास
कमलो भएर पनि चहर्याउँदो रहेछ घाउ
दरफर्याएको कमलो मनमा
पीडादायी छन् श्पर्शका चोटहरू
भुसुक्कै भुलेर एकोहोरिएको थिएँ म
फूल त अरुले पनि टिप्छन्
फल त अरुले पनि चाख्छन्
आखिर भमरा नै त हो मान्छे पनि
तर गुनासो छैन
ऐनाको उज्यालो फ्याँकेर
पीडाको अन्धकारमा डुबाउने तिमीसँग
माया त अन्धो नै त हो
काँडा भित्रको फूल देखेन
रंगीन संसारको
क्याक्टसको फल जस्तो जिन्दगी
चोट भरिएपछि
जब घाँटी निचरीयो तब थाहा भो
सुक्दै गएकाछन् जराहरू
आजकाल फूल फुल्दैन
हरिया मुनाहरू पलाउँदैनन् आँखामा
जरा गाडिए जसरी उभिएका पाइलामा
वरिपरि छन्
डाह भरिएका बिषालु काँडामात्र
आफैसंग डराउछु म
क्याक्टसका फूलहरूसँग नजिकिन
भय लाग्छ
अझै चोटहरू गहिरिएर जान्छन की
मायाको बाहानामा डस्ने फूलहरू
छेउमा नफुलुन
के गुनासो गर्नु र जीवनसँग
एक पटक सुनामी जसरी आयो अप्रत्याशित खुसी
र तहस नहस पारेर उजाड्यो
सदाकालागि जिन्दगी
अब त
क्याक्टस !
तिम्रा बोटमा जति नै सुन्दर फूल फुलेपनि
जति नै स्वादिला फल फलेपनि
म फूलमा श्पर्स हैन
एकोहोरो पीडा मात्र भेट्टाउँछु ।

 

वि.सं.२०७७ कात्तिक १ शनिवार ०८:४० मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...