back
CTIZAN AD

हिमपातले कर्णाली क्षेत्रको जनजीवन प्रभावित

वि.सं.२०७३ पुस २४ आइतवार

1.1K 

shares

२४ पुस, जुम्ला  । आज बिहानदेखि कर्णाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन निकै प्रभावित बनेको छ ।

शनिबार बिहानैदेखि बादलले आकाश पूर्णरुपमा ढाक्दा जुम्लालगायत कर्णाली क्षेत्रभरि निकै चिसो बढेको थियो । जुम्ला सदरमुकाममा रातिबाट हिमपात भए पनि यसको उच्च लेकहरु, हुम्ला, मुगु र डोल्पा जिल्लामा दिउँसो ४ः०० बजेबाट हिउँ पर्न सुरु भएको थियो । ती क्षेत्रमा करिब चारदेखि पाँच फिट हिमपात भएको अनुमान गरिएको छ ।

जुम्ला सदरमुकाममा भने ११ सेन्टिमिटर हिउँ परेको हावापानी फिल्ड कार्यालय, जुम्लाका कार्यालय प्रमुख एपी चौरासियाले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख चौरासियाले भन्नुभयो – “हिजो दिनभरिको चिसोले न्यूनतम तापक्रम माइनस ४.१ डिग्री सेन्टिग्रेड थियो । सुरुमा पानी प¥यो र त्यसपछि मात्र हिमपात भयो । हिमपात हुँदा यहाँबाट बिहानै ५ः०० बजेदेखि छुट्ने लामो तथा छोटो दूरीका गाडी ठप्प भएका छन् । नागरिकलाई ओहोर दोहोर गर्न समस्या भएको छ । यसले गर्दा उनीहरुको दैनिक कार्य पनि प्रभावित बनेको छ ।

चिसोले गर्दा मेसिनरी सामग्री रेडियो, फ्याक्स, फोटोकपी, प्रिन्टर, छापाखाना मेसिनले काम गर्न छोडेका छन् भने धारामा आउने पानी, एलपी ग्यास जम्दा नागरिकको खानपिनमा समस्या भएको छ । अहिले केही समयदेखि हिमपात रोकिए पनि आकास बादलले नै छोपेको छ ।
गएको मङ्सिर ११ गते चोरिएर पुस १९ गते पत्ता लागेका जुम्ला चन्दननाथ मन्दिरका मूर्ति आज ११ः३० बजे सार्वजनिक गर्ने भनिएको तालिका हिमपातका कारण प्रभावित बन्ने प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो । प्रजिअ पण्डितका अनुसार चिसोले सरकारी तथा गैरसरकारी निकायको सेवा प्रवाह कठिन बन्ने र सेवाग्राहीलाई सेवा लिन अप्ठ्यारो हुने देखिन्छ । दिउँसो १÷२ बजेबाट आकास खुल्ने र मौसम सफा हुने हावापानी फिल्ड कार्यालय, जुम्लाले जनाएको छ ।

वि.सं.२०७३ पुस २४ आइतवार ०३:३२ मा प्रकाशित

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...