back
CTIZAN AD

शौचालयको अभावमा बलात्कारका घटना बढ्यो

वि.सं.२०७७ कात्तिक १२ बुधवार

870 

shares

१२ कात्तिक, सप्तरी । एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको छ भने अर्कातिर ग्रामीण भेगमा किशोरीहरू बलात्कृत भइरहेका छन् ।

सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी शनिबार राति बलात्कृत भएकी छिन् भने अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको छ । घर नजिकैको बाँसघारीमा शौच गर्न गएकी दुवै किशोरीलाई तिरहुत गाउँपालिका–३ का दुई युवकले घरभन्दा करिब ४०० मिटर टाढा लगेर दुष्कार्य गरेको पीडितहरू बताएका छन् ।

दुईमध्ये १७ वर्षीया किशोरी बलात्कारबाट पीडित भएको र १९ वर्षीया किशोरीमाथि बलात्कार प्रयास भएको इलाका प्रहरी कार्यालय कञ्चनरूप, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । सिंहका अनुसार आरोपितमध्ये सुनील पक्राउ परेका छन् भने ज्ञानु फरार छन् ।

पीडित १७ वर्षीया किशोरीकी आमा र पीडित १९ वर्षीया किशोरीकी लिखित उजूरी दिएकी छन् । दशैंँको बिदालगत्तै सप्तरी जिल्ला अदालत खुलेपछि आरोपितविरुद्ध म्याद थप गरिने प्रनाउ सिंहले बताए ।

यसअघि पनि सप्तरीको बलान बिहुँल गाउँपालिकामा शौच गर्न गएकी १७ वर्षीया सुस्त मनस्थितिकी किशोरीमाथि सामूहिक बलात्कार घटनाको उजुरी दर्ता छ । गत भदौ २७ गते राति भएको बलात्कार घटनाको उजुरी इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा दर्ता भएपनि हालसम्म कोही पक्राउ परेका छैनन् ।

प्रदेश नं. २ कै दोस्रो खुला दिसामुक्त सप्तरी जिल्ला विसं २०७४ चैत २१ गते खुला दिसामुक्त जिल्ला घोषणा भएको हो । सप्तरीको शहरी क्षेत्रमा सार्वजनिक शौचालय भेट्नै मुस्किल पर्छ भने ग्रामीण भेगमा शौचालय व्यवस्थापनको समस्या थपिँदो छ ।

मनोविमर्शकर्ता रञ्जना चौधरीले शौचालयको अभावमा गाउँघरमा महिला रातको अध्यारोको समयमा शौच जाने गरेको र यौन दुव्र्यवहार तथा बलात्कारमा पर्ने गरेको बताए ।

 

वि.सं.२०७७ कात्तिक १२ बुधवार १५:३६ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...