back
CTIZAN AD

हत्यामा संलग्न चार जना पक्राउ

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

657 

shares

१३ कात्तिक, वालिङ । हत्या अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका–६ कोलडाँडा टक्सारमा दशैँको राति ११ बजे युवा समूहबीच झडप हुँदा गम्भीर घाइते युवाको उपचारका क्रममा गएराति मृत्यु भएपछि घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पुतलीबजार–६ दाङलिङ गाउँबाट कोलडाँडा हुँदै पुरीस्वाँरा गाउँतर्फ मोटरसाइकलमा होहल्ला गर्दै गइरहेका युवाको समूहलाई कोलडाँडामा मादक पदार्थ सेवन गरी बसेका युवाले एक्कासी पछाडिबाट आक्रमण गर्दा पुरीस्वाँराका २९ वर्षीय सूर्यबहादुर गुरुङको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा पुतलीबजार–६ बछिनडाँडा टक्सार बस्ने ३३ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ, सोही ठाउँका ३४ वर्षीय गिरेप्रसाद गुरुङ, २४ वर्षीय किङकङ गुरुङ र २८ वर्षीय सन्तोष गुरुङ रहेका प्रहरी प्रवक्ता अधिकारीले बताए ।

पक्राउ परेकाहरुलाई स्याङ्जा जिल्ला अदालतबाट म्याद थपको स्वीकृति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षण गरी आज नै परिवारको जिम्मा लगाइएको छ । रासस

वि.सं.२०७७ कात्तिक १३ बिहीवार १६:१८ मा प्रकाशित

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

गण्डकी । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...