back
CTIZAN AD

फेला पारिएका चन्दननाथका मूर्ति सार्वजनिक

वि.सं.२०७३ पुस २५ सोमवार

1K 

shares

२५ पुस, जुम्ला । चन्दननाथ बाबाको मन्दिरबाट गत मङ्सिर ११ गते चोरी भई पुस १९ गते देपालगाउँ–३ डुङ्ग्रे खोलामा बेवारिसे अवस्थामा फेला परेका मूर्तिहरू आइतबार सार्वजनिक गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले औपचारिक रुपमा सार्वजनिक कार्यक्रमको आयोजना गरी मूर्तिहरू सार्वजनिक गरेको हो । जिल्लास्थित राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण जिल्लावासीको माझमा मूर्ति सार्वजनिक गरिएको हो ।

सार्वजनिक कार्यक्रममा स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले चन्दननाथ मन्दिरको महिमा, महत्व र गरिमा बिर्सेकाले यसको अस्तित्वमाथि हस्तक्षेप भएको जनाउनुभयो । पछिल्लो छोटो समयमा सुरक्षा संयन्त्रको अथक प्रयासबाट राम्रो उपलब्धि हात परेको भन्दै उहाँले अब चन्दननाथको संरक्षण तथा व्यवस्थापनका लागि सिसिटिभीसहित यसको मर्मत सम्भारका लागि रु १५ लाख बजेट जिविसबाट छुट्याइएको जानकारी दिनुुभयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आम नागरिकको आस्थाको केन्द्र चन्दननाथ बाबाको मन्दिरबाट मूर्ति चोरिनु आफ्नो २८ वर्षीय जागिरे अवधिमा पहिलो चुनौतीको विषय बनेको बताउनुभयो ।

तथापि सानो अनुरोधमा केन्द्रीय अनुसन्धान ब्युरो तत्काल कुकुरसहित जुम्ला आएर अनुसन्धान थाल्यो र जनपथ, सशस्त्र प्रहरीको यसमा अहम भूमिका रह्यो, अनि राजनीतिक दल, नागरिक समाज र जिल्लावासीको सकारात्मक सहयोगले केही हदसम्म सफल हुन पुगेका छौँ, उहाँले भन्नुभयो ।

अब १५ दिनदेखि एक महिनाभित्र यो प्रकरणमा संलग्न चोरलाई कानुनी दायरामा ल्याएरै छाड्ने दाबी गर्दै प्रजिअ पण्डितले राजनीतिक दल तथा जिल्लाबासीलाई सहयोग पु¥याउन आग्रह गर्दै उहाँले शङ्का गर्नु ठीकै भएपनि बिनाप्रमाण कसैलाई दोषी हो भनेर घोषणा नगर्न सबैलाई आग्रह गर्नुभयो ।

पूर्वसभासद् देवीलाल थापाले राज्य संयन्त्रले आंशिक सफलता हात पारेकोप्रति कृतज्ञता प्रकट गर्दै यसैमा टालटुल गरेर नजान सुझाउनुभयो । कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले केन्द्रीय अनुसन्धान ब्युरो, स्थानीय प्रशासन, प्रहरीको गम्भीर ध्यानाकर्षणले मूर्ति पत्ता लागेको बताउनुभयो ।
नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव कर्णबहादुर शाहीले नेपालका अधिकांश घटना राजनीतिक आडमा हुने गरेपनि यो घटना विशुद्ध अपराधीसँग मात्र जोडिएको तर्क गर्नुभयो । सिआइबी, प्रहरी प्रशासनसहित सिङ्गो जुम्लाबासीको सत्प्रयासबाट यो सफलता मिलेको उहाँको भनाइ थियो ।

नेकपा (एमाले) का जिल्ला सचिव आदिप्रसाद न्यौपानेले योजनाकार सार्वजनिक भएमात्र पूर्ण सफलता भन्न सकिने प्रतिक्रिया दिनुभयो । अपराधीलाई जसरी भए पनि कानुनी दायरामा ल्याउनुपर्नेमा उहाँको जोड थियो ।

नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज नवराज न्यौपानेले मूर्ति रणनीतिक तरिकाले प्राप्त भएकाले अपराधी उम्कनसक्ने भन्दै उहाँले विश्वमा आफ्नो गरिमा कायम राख्न सफल नेपालको प्रहरीको अनुसन्धानमा विश्वास रहेको र स्थानीय प्रशासनको पनि छोटो समयमा राम्रो भूमिका रहेको बताउनुभयो ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले यस जिल्लाका विभिन्न स्थानमा बरामद गरिएको स्वचालित र अर्ध स्वचालित हतियार सूची जिल्लाबासीमाझ सार्वजनिक गर्नुभयो । उहाँले दाबी भन्नुभयो, “कर्णालीमा हतियार देखाएर लुट्ने अपराधीका दिन गए ।” सार्वजनिक कार्यक्रममा मूर्ति पत्ता लगाउनमा सहयोग पु¥याउने देपालगाउँ–२ का छाँया, शितला र सम्झना गिरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सबै मूर्तिहरूलाई बजार परिक्रमा गराई आजै चन्दननाथ मन्दिरका पुजारी नवराज अधिकारीलाई बुझाइएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो । मूर्ति भने शुद्धीकरण गरेर मात्र सोमबार चन्दननाथ मन्दिरभित्र भित्र्याइने उहाँले जानकारी दिनुभयो ।

वि.सं.२०७३ पुस २५ सोमवार ०३:४० मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...