back
CTIZAN AD

काठमाडौंको सडकका मजदूरलाई खाना खुवाउने अभियान जारी

वि.सं.२०७७ कात्तिक १९ बुधवार

750 

shares

१९ कात्तिक, काठमाडौं । काठमाडौंको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान अहिले पनि जारी रहेको छ।

बन्दाबन्दीको समयदेखि नै सुरु भएको उक्त अभियान अझै छठसम्म लैजाने योजना अभियानकर्मीको छ। काठमाडौं महानगरपालिकाले वैकल्पिक व्यवस्था गर्ने भन्दै यसरी खाना नखुवाउन गरेको आग्रहलाई बेवास्ता गर्दै युवाले बुधबार पनि उक्त अभियान जारी राखेको अभियान सञ्चालन गर्ने हाम्रो टिम नेपालका संयोजक विमल पन्तले जानकारी दिए।

“विगत केही दिनदेखि हामीलाई महानगरले खाना नखुवाउन भनिरहेको छ, तर यसरी महिनौँदेखि सञ्चालन भएको अभियानलाई चाडबाडको बीचमै हामी छाड्न सक्दैनौँ”, पन्तले भने, “होइन भने महानगरले नै उनीहरुलाई खाना खुवाओस् ।”

सोही विषयमा आज महानगरले छलफलका लागि बोलाएको पन्तले बताए। आज बिहान पनि खुवाएको र साँझ पनि खाना खुवाउने क्रम जारी रहने उनले जानकारी दिए। उनका अनुसार झण्डै एक हजार व्यक्तिले काठमाडौंको रत्नपार्कलगायत क्षेत्रमा आएर खाना खाने गरेका छन्।

विगतमा बन्दाबन्दीका बेला धेरै भए पनि अहिले भने सङ्ख्या कम रहेको हाम्रो टिम नेपालका सदस्य उमेश बोहराले बताए। कतिपय अवस्थामा वास्तविक मजदूरभन्दा अन्य व्यक्तिले समेत खाना खाने गरेको बताइन्छ। विभिन्न संस्था आएर जतिखेर पनि खुवाउने गरेकाले पनि महानगरपालिकाले चासो दिएको बताउँदै बोहराले अभियानलाई अझै व्यवस्थित बनाएर लैजाने बताए। त्यसमा महानगर र प्रहरी सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ।

कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गत चैत ११ गतेबाट मुलुकमा बन्दाबन्दी घोषणा गरेको थियो। त्यसको तीन दिनपछि १४ गतेबाट ‘हाम्रो टिम नेपाल’ र ‘हन्ड्रेस् ग्रुप्स नेपाल’ले सुरु गरेको अभियान अहिलेसम्म जारी छ। यसअघि अन्य विभिन्न संस्थाले समेत उक्त अभियान चलाए पनि यो समूहले भने नियमित गर्दै आएको छ।

एकजना मजदूर पम्फा थापाले खाना खुवाउने अभियानलाई महानगरले रोक्न लागेको कुरा सुनेकाले त्यस्तो नगर्न अनुरोध गर्नुभयो । “हामी रोगले भन्दा भोकले मर्ने अवस्था छ, त्यसैले यो कामलाई नरोक्नुहोस्”,उनले भने।

उक्त समूहले कतिपय अस्पताललगायत विभिन्न क्षेत्रमा रहेका गरिब परिवारलाई समेत खाना वितरण गर्दै आएको छ। यसअघि काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा मेस चलाएर खाना खुवाउने अभियान थालिएको थियो।

मानवसेवा आश्रमले भक्तपुरका मजदूरलाई बन्दाबन्दीको समयमा खाना खुवाएको थियो। उक्त कार्यक्रम रोक्ने सरकारको निर्णयपछि विभिन्न क्षेत्रमा रोकिएको अभियान रत्नपार्क क्षेत्रमा भने जारी छ। रासस

वि.सं.२०७७ कात्तिक १९ बुधवार १५:४१ मा प्रकाशित

प्रतिनिधिसभा : कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभा : कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या...

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

मण्डनदेउपुर बृहत खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा सञ्चालित सुक्खा क्षेत्र बृहत खानेपानी आयोजना...

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

काठमाडौँ । आराध्यदेव श्री पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका...

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

सुकुमवासीको समस्या तत्काल समाधान गर्न आग्रह

काठमाडौँ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र सार्वजनिक...

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

प्रतिनिधिसभाः असार अगावै कृषि क्षेत्रका समस्या समाधान गर्न सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले असार आउन लागिसके पनि कृषि क्षेत्रका...

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

प्रतिनिधिसभाः यार्सा खोज्ने क्रममा लेक लागेर बिरामी परेका युवाको उद्धार गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद...