back
CTIZAN AD

ट्रम्पलाई सत्ता फिर्ता गराउन मुश्किल, प्रभाव राज्यमै बाइडेनले गरे जित

वि.सं.२०७७ कात्तिक २० बिहीवार

792 

shares

काठमाडौं । अमेरिकाको राष्ट्रपतिय चुनावको परिणामप्रति सबैको चाँसो छ । हाल राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः सत्तामा आउलान् या प्रतिस्पर्धी जो बाइडेन भन्ने विषयलाई सबैलाई चाँसो पूर्वक हेरिरहेका छन् । जसको जवाफ सम्भवतः बिहिबारभित्र नै आउन सक्छ ।

तथापि हालसम्मको मतगणनाको परिणाममा बाइडेन निकै अगाडि देखिएका छन् । उनको मतपरिणाम जित नजिक छ । बाइडेनले ट्रम्पका प्रभाव इलाका पनि जितको झण्डा हल्लाएका छन् । मिशिगन र विस्कन्सिनमा पनि बाइडेनले जित हाँसिल गरेका छन् । २०१६ मा यी दुवै राज्यमा ट्रम्पले जित गरेका थिए ।

न्यूर्योक टाइम्सका अनुसार वाइडेनले २५३ इलेक्टोरल भोट जिति सकेका छन् । ट्रम्पको खातामा मात्रै २१४ भोट प्राप्त भएको छ ।

यसको साथै बाइडेनले आफ्नै पार्टीका बराक ओबामाले १२ वर्षअघि राखेको रेकर्ड पनि तोडेका छन् । बिहिबार बिहानसम्म बाइडेनले ७ करोड १० लाख पपुलर भोट हाँसिल गरेका थिए । सन् २००८ मा ओबामालाई ६ करोड ९४ लाख ९८ हजार ५१६ पपुलर भोट मिलेको थियो ।

६ राज्यमा मतगणना जारी

चुनावको मतपरिणाम चाखलाग्दो ढंगले अगाडि आईरहेको छ । केहि राज्यमा भोटको गिन्ती हाल पनि जारी छ ।

हाल अलास्का, एरिजोना, जोर्जिया, नेवाद, उत्तर कैरोलिना र पेनसिल्वेनियामा मतगणना जारी छ ।

कुनमा कसको अग्रता ?

मतगणना जारी रहेका ६ राज्यमध्ये अलास्का बाहेक सबैको मतगणना अन्तिम चरणमा पुगेको छ । न्यूयोर्क टाईम्सका अनुसार जोर्जिया र उत्तर कैरोलिनाको मतगणना करिब अन्तिम चरणमा छ । दुवै राज्यमा ट्रम्पले अग्रता लिईरहेका छन् ।

अन्तिम चरणमा पुग्दै गरेका पेनसिल्वेनियामा पनि ट्रम्प अगाडि छ । सँगसँगै मतगणना अन्तिम पुग्दै गरेका दुई राज्यहरु नेवाद र एरिजोनामध्ये बिडेन अगाडि छन् । ढिलो मतगणना सुरु भएको अलास्कामा पनि ट्रम्प अगाडि छन् ।

सम्बन्धित समाचार

ट्रम्प या बाइडन : को बन्ला अमेरिकाको आगामी राष्ट्रपति ?

अमेरिकी चुनाव : ऐतिहासिक रेकर्ड बनाउँदै जितको नजिक पुगे बाइडन

अमेरिकी चुनाव : मतगणना चलिरहेका राज्यमा कसको मत अगाडि ?

वि.सं.२०७७ कात्तिक २० बिहीवार १५:५२ मा प्रकाशित

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...