back
CTIZAN AD

दृष्टिविहीनका लागि छात्रावास बनाउन जापान सरकारले एक करोड १४ लाख अनुदान

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

990 

shares

२१ कात्तिक, काठमाडौं । राजधानीको कागेश्वरी मनहरा नगरपालिकामा दृष्टिविहीन छात्राहरूका लागि छात्रावास भवन निर्माण गर्न जापान सरकारले रु एक करोड १४ लाख अनुदान उपलब्ध गराउने भएको छ ।

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा यहाँस्थित जापानी राजदूतावास र नेपाल नेत्रहीन सङ्घबीच आज हस्ताक्षर भएको हो । दूतावासका कार्यबाहक राजदूत योसियोका युजु र सङ्घका अध्यक्ष रमेश पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको जापानी दूतावासले जनाएको छ ।

देशका विभिन्न भागबाट उच्च शिक्षाका लागि राजधानी आएका दृष्टिविहीन छात्राहरूलाई सङ्घले छात्रावासको व्यवस्था गर्दै आएको छ । विद्यार्थीको बढ्दो सङ्ख्यासँगै मौजुदा छात्रावास भवन आवासका लागि पर्याप्त नभएकाले नयाँ भवन बनाउन जापानले अनुदान प्रदान गरेको हो ।

यसैबीच, जापानी राजदूतावासले कीर्तिपुरस्थित आँखा अस्पतालमा मधुमेहका बिरामीको नेत्रपरीक्षणका निम्ति आवश्यक पर्ने उपकरण जडान गर्न रु एक करोड ८३ लाख अनुदानस्वरुप प्रदान गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा कार्यबाहक राजदूत युजु र नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष डा चेतराज पन्तले आजै हस्ताक्षर गरेका दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १४:३६ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...