back
CTIZAN AD

मादल व्यवसाय सङ्कटमा, दैनिक घरायासी खर्चसमेत धान्न गाह्रो

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार

936 

shares

२१ कात्तिक, मुग्लिन । चितवनको इच्छाकामना–५ मुग्लिनका सूर्यबहादुर परियारको पसलमा चाडवाडको समयमा दैनिक ५० भन्दा बढी मादल बिक्ने गथ्र्यो । जब चाडवाड नजिकिन्थ्यो उनको मादल पसलमा ग्राहक लाइन लाग्ने गथ्र्योे ।

काठमाडौँ, पोखरा र नारायणगढ जाने मुग्लिन बजारको चोकमा रहेको उनको पसलमा देशभरका ग्राहक आउने गर्थे । केही वर्षयता उनको पसलमा चाडवाडको बेलामा समेत मादल कमै बिक्री हुने गरेको छ । चाडवाड बाहेक अरु बेला त मादल बिक्री नै नहुने परियारको भनाइ छ । उनले भने, “केही वर्षयता मादल बिक्नै छाडेको छ, चाडवाडको बेला अलीअली बिक्ने गरे पनि अन्य समयमा बिक्री हुँदैन ।”

झण्डै २० वर्षदेखि गर्दै आएको आफ्नो मुख्य पेशा धरापमा परेको उनले बताए । उनले भने, “हाम्रो रोजीरोटी यही हो, यसरी मादल नै बिक्न छाडेपछि दैनिक घरायसी खर्चसमेत धान्न गाह्रो भएको छ, यसले चिन्तित बनाएको छ ।” पेशा नै परिवर्तन गर्ने सोचमा रहेको उनले बताए । परियार आफैँ मादल बनाउने गर्छन् । उनले बनाएको मादल देशका विभिन्न बजारमा व्यवसायीले लैजाने गर्छन् ।

मादलको व्यापार घट्नुको प्रमुख कारण गाउँघरमा विवाह व्रतबन्ध देउसी भैलोमा ‘स्पिकर’ साउन्ड सिस्टमको प्रयोग रहेको मादल व्यासयीको भनाइ छ । अर्का मादल व्यवसायी विष्णु अर्याल पनि मादल बिक्न छाडेको बताउछन् । उनले भने, “मेला, बजार र देउसीभैलोमा मादल बजाउने क्रम घटेको छ , गाउँघरमा पनि प्रायः अत्याधुनिक स्पिकर र साउन्ड सिस्टमको प्रयोग गरेर रमाइलो गर्न थालिएको छ, मेहनतअनुसारको मूल्य पाउन पनि छोडको छ ।”

पछिल्ला वर्षमा मादल व्यवसाय धरायसी बन्दै गएको बेला कोरोना महामारीका कारण झन् सङ्कटमा परेको मादल व्यावसायीहरु बताउँछन् । रासस

वि.सं.२०७७ कात्तिक २१ शुक्रवार १४:४९ मा प्रकाशित

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

पहिरो पन्छाएर नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक...

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

चालु आर्थिक वर्षके ११ महिनामे २१ खरब २० अरब रेमिट्यान्स आएल

काठमाण्डौँ । चालु आर्थिक वर्षके ११ महिनामे नेपालमे २१ खरब...

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

प्रतिनिधिसभाः विपद् जोखिमसहित समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा भाग लिनुहुने सांसदहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...