back
CTIZAN AD

कविता: यो दशैँ

वि.सं.२०७७ कात्तिक २२ शनिवार

774 

shares

रङ्ग बिनाको
सिउँदो
रस बिनाको
फल
ढङ्ग बिनाको
मान्छे
माया बिनाको
पल
काँढा बिनाको
फूल
पानी बिनाको
माछा
आँसु बिनाको
आँखा
नङ बिनाको
मासु
हाड बिनाको
छाला
बास बिनाको
जिन्दगी
कस्तो !
कस्तो !!
खल्लो जस्तो
सल्लेरीमा बहने
सुसेलीको साथमा
कोयलीको
कुहु कुहुसँगै
अनि स्वाँ…..
बगिरहने
खोलीको आवाज
दोबाटोमा
अलमल्ल
परेको यात्री
मुस्कान बिनाको
ओठ
खुसी बिनाको
आत्मा
भाग्य रेखा
हातमा
लिएर
सुस्त !
सुस्त !!
मनभरि
उचाली नसक्ने
तौल बोकेर
हेर
चलाई रहेछ
पायल
देखिरहेछ
चुचुरो
आशा गर्छ अझै

पुग्न गन्तव्यमा
के थाहा ?
पुग्ने हो
या होइन
मेरुदण्ड .
भाँचिएको छ
नयनमा
कालो पर्दा छ
खुट्टा लुगलुग
काम्दैछन्
मुटुमा
सियोको
चस्चः
घोचाई छ
अझै पनि
गन्तव्यको दृश्य
हटेन
भित्री हेराईमा
अनि
थोरै हिम्मत
हारेको छैन
आशा छ
सफलताको अझै
लाग्छ
यो दशैँ
दशा हो
सफलता खोज्नु
नशा हो ।

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:५० मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...