back
CTIZAN AD

कविता: यो समय

वि.सं.२०७७ कात्तिक २२ शनिवार

648 

shares

यतिखेर मान्छे
समुन्द्रमाथि
बादल ओढेर
छितिजमा ठोक्किरहेछ
हिँउका फूलहरूसँग ।

कसैको आँखामा जीवन फुलेको छ
कसैको आँखामा मृत्युको पर्खाइ
अनि कसैलाई आर्यघाट पर्खिरहेछ
मलामी बोकेर
यिनै दृष्य, अदृष्य भोगाइहरू
टुलुटुलु हेरिरहेछ मान्छे
उदाङ्गो संसारको
एक छिँडिबाट
उज्यालो पर्खिएर ।

यात्रामा निस्किएको वटुवा जस्तो
घामपानी छल्दै
जीवन भोगिरहेछ मान्छे
आगोको लप्कामा बसेर
धुँवाको मुस्लो निलिरहेछ
तर पनि
जिउँने सपनाहरू मरेका छैनन्
खुसी साट्न छोडेको छैन
उदारोमा भए पनि
मृत्यु विरुद्धको लडाइँ लडिरहेछ ।

वर्तमान
जति अँध्यारो भए पनि
जून बालेर आउँदैन रात
अन्धकारै भए पनि
आशाहरू मरेका छैनन् ।
जति जीवन गले पनि
मान्छे निडर जस्तो
अभिनय गरिरहेछ

उसैसँग लडिरहेछ
जित्नकालागि
अनि
यो समय
आशीर्वाद र शुभकामना
पर्खिरहेछ मान्छे
अस्पतालको मूल ढोकामा ।

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०८:५१ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...

गजल

गजल

किशोर कोइराला,इनरुवा , सुनसरी बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा...