back
CTIZAN AD

कविताः रजस्वला

वि.सं.२०७७ कात्तिक २२ शनिवार

1.2K 

shares

तेह्र बर्ष पुगेपछि शरीर भयो कस्तो कस्तो ।
अर्कै अर्कै भाछ अरूसँग भन्नै लाज जस्तो ।।
एक मन खुसी, दुः खी अर्को हार होकि जित ।
पेट कम्मर दुख्न थाल्यो, एकदम मज्जासित ।।

बिस्तार बिस्तार थाह भयो, महिना दिनमा हुने ।
शारीरिक परिवर्तन देख्दा, हाँस्ने हो कि रूने ।।
अरूभन्दा यो बेलामा छुट्टै सुत्ने, बस्ने खाने ।
अझै चलन लुक्न भनी, छाउगोठमा जाने ।।

सफा कपडा स्वास्थ खाना, धेरै आराम चाहिने ।
सेनेटरी प्याड प्रयोग गरौँ, हस्पिटलमा पाईने ।।
कति किशोरी स्याहार अभावमा मृत्युको सिकार ।
घरदेखि टाढा राख्दा, कति हुन्छन् बलात्कार ।।

रजस्वला भएपछि आमा बन्न हुने परिपक्व ।
यस्तो बेला जे काम गर्न नि लाग्ने रैछ दिक्क ।।
महिनैपिच्छे १३ देखि ४५ बर्ष सम्म भइनी
आफ्नो ख्याल आफैँ राख्नुपर्छ सानी बहिनी ।।

विशेष ख्याल गर्नु पर्छ हामी अरू बेला भन्दा ।
तरल पदार्थ निकै पिउनु पर्छ तातो मन्द मन्द ।।
हरीया साग सब्जी, फलफूल धेरै धेरै खाउँ ।
फरक खालको समस्यामा स्वास्थ्यचौकी जाउँ ।।

वि.सं.२०७७ कात्तिक २२ शनिवार ०९:०८ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...

गजल

गजल

किशोर कोइराला,इनरुवा , सुनसरी बाँच्नलाई जिउनु पर्ने जिन्दगीको के भरोसा...