back
CTIZAN AD

महाशक्ति अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन् बाइडेन, पेन्सिलवेनियाकाे जितसँगै मिल्यो निर्णायक मत

वि.सं.२०७७ कात्तिक २२ शनिवार

927 

shares

काठमाडौं । डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपनि बन्ने निश्चित भएको छ । पेन्सिलवेनियामा जीत गरेसँगै उनले बहुमत इलेक्टोरल भोट जुटाएका हुन् ।

पेन्सिलवेनियाको परिणाम सार्वजनिक भएसँगै बाइडेनको पक्षमा २७३ इलेक्टोर भोट जुटेको छ । राष्ट्रपति पदमा जित हाँसिल गर्नको लागि २७० भोट ल्याउनु पर्दछ ।

पेन्सिलवेनियामा बाइडेन र हालका राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पबीच निकै आक्रामक प्रतिष्पर्धा भएको थियो । जहाँ बाइडेनले ३४ हजार ४१४ मत अन्तरले ट्रम्पलाई हराएका छन् ।

२० इलेक्टोरल भोटको लागि भएको पेन्सिलवेनियाको मतगणनालाई निकै रोचकतापूर्वक हेरिएको थियो ।

पेन्सिलवेनियाको मतपरिणाम आफ्नो पक्षमा भएको ट्रम्पको दाबी

२० इलेक्टोरल भोट रहेको पेन्सिलवेनियामा बाइडेनले नभई आफुँले जितको ट्रम्पले दाबी गरेका छन् । उनले नतिजा सार्वजनिक भए लगत्तै ठूलो भोट अन्तरले जितको दाबी गरेका छन् ।

ट्विटरमार्फत उनले भनेका छन्, ‘मैंले यो निर्वाचनमा जित गरें, धेरै मत अन्तरले ।’

बिबिसीले जनाएअनुसार ट्रम्पले नतिजाबारे बोल्न ठूलो प्रेस कन्फ्रेन्ससमेत गर्दैछन् ।

वि.सं.२०७७ कात्तिक २२ शनिवार २२:४९ मा प्रकाशित

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

कांग्रेसले साउन ७ देखि नागरिक केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं  । नेपाली कांग्रेसले पार्टीलाई चुनावी जोडघटाउबाट मुक्त गरी विशुद्ध...

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।...

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु

स्याङ्जा । स्याङ्जामा गोठ भत्किँदा एक पुरुषको मृत्यु भएको छ...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...