काठमाडौँ । साउथ फिल्म तथा बलिउडकी चर्चित अभिनेत्री काजल अग्रवाल हनिमुन मनाउन यतिबेला माल्दिभ्स पुगेकी छन् । उनी अक्टोबर ३० का दिन प्रेमी गौतम किचलु सँग विवाह बन्धनमा बाँधिएकी हुन् ।

लामो समयदेखि प्रेममा रहेका उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । उनका पति एक व्यवसायी हुन् । यतिबेला उनीहरु माल्दिभ्समा हनिमुन मनाइरहेका छन् । काजलले माल्दिभ्समा आफुले मनाउदै गरेको हनिमुनको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
तस्बिरमा काजल समुद्रको किनारामा रातो रङको पहिरनमा देखिएकी छन् । उनका तस्बिरहरु फ्यानहरुले मनपराएका छन् । उनका तस्बिरमा राम्रा प्रतिक्रियाहरु आएका छन् ।


वि.सं.२०७७ कात्तिक २४ सोमवार १४:२८ मा प्रकाशित






























