back
CTIZAN AD

दरौंदी खोलाको पानी छिट्टै गोरखा बजारका बासिन्दाले उपभोग गर्न पाउने

वि.सं.२०७७ कात्तिक २४ सोमवार

873 

shares

गोरखा – दरौंदी खोलाको पानी गोरखा नगरपालिकामा पुर्याउन सुरु भएको बृहत पम्पिङ खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ ।

खानेपानी मन्त्रालय अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिब ९८ प्रतिशत सकिएको जनाएको छ । दरौदी गोरखा बृहत पम्पिङ खानेपानी तथा सरसफाई आयोजना नामाकरण गरेर नगरपालिकाको ३ नम्बर वडा देखि ९ वडासम्मका जनतालाई खानेपानी सेवा पुर्याउन उक्त आयोजना सञ्चालन भएको हो ।

विशेष गरी दरौंदी खोलाको पानी लिफ्टिङ गरेर गोरखा बजारमा पुर्याई वितरण गर्ने उद्देश्यले आयोजना सञ्चालन भएको हो । दरौंदी खोलाबाट पाँच तहसम्म पानी लिफ्टिङ गरेर गोरखा बजार दरबारसम्म पानी पुर्याईएको आयोजना कार्यालयले जनाएको छ । दरौंदी खोलाबाट घलान, जलकिनी, काफलघारी, गैरीकुवा र उपल्लो कोट (गोरखा दरबार) सम्म पानी तानेर गोरखा बजारमा पुर्याईएको आयोजना प्रमुख देवेन्द्र कुमार झाले बताए ।

उक्त आयोजनाबाट करिब साढे २४ हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुने आयोजना प्रमुख झाको भनाई छ । गोरखा नगरपालिकाको सो क्षेत्रमा ४ हजार ८ सय ५३ निजी धाराहरु जडान भईसकेको आयोजना प्रमुख झाले बताए । यो आयोजनाको ठेक्का सम्झौता लागत रकम ४२ करोड ८ लाख १० हजार रुपैंयाँ रहेको छ ।

आयोजनाका प्रमुख झाले भने, ‘स्थानीय व्यक्तिहरुले विद्युतको काममा अवरोध गरेकाले केही समय काम ढिला भयो । तर अब आयोजनाको काम पुस मसान्तभित्र सकिने छ ।’

पानी प्रशोधन गर्ने प्लान्टमा पानी शुद्धीकरण गर्न फिल्टर मिडिया (ग्रेड अनुसारको गिटी बालुवा) राख्ने र फिनिसिङको काम मात्र बाँकी रहेको आयोजना प्रमुख झाले बताए। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पानी शुद्धीकरण गरेर आम उपभोक्तालाई वितरण गरिने उनले जानकारी दिए ।

यो आयोजना गोरखा जिल्लाकै एक नमुना र बृहत आयोजना हो । गोरखा बजारका आम उपभोक्तालाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले सन् २०१६ मा खानेपानीको सर्भे गरिएको थियो । १५ बर्षका लागि डिजाइन गरिएको उक्त खानेपानी आयोजना निर्माणका लागि २०७४ असार २७ गते ठेक्का सम्झौता भएको थियो । आयोजना कार्यालयका अनुसार ३४ दशमलब ८७ किलोमिटर मुख्य पाइपलाइन तथा ९९ दशमलब ३ किलोमिटर वितरण लाइन र ७ वटा रिजर्भवायर ट्याङ्की मार्फत खानेपानी वितरण हुनेछ ।

वि.सं.२०७७ कात्तिक २४ सोमवार १७:३९ मा प्रकाशित

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...