back
CTIZAN AD

शहिदको सपना पूरा गर्न नेताहरु इमान्दार हुनुपर्नेमा जोड

वि.सं.२०७७ कात्तिक २५ मंगलवार

747 

shares

२५ कात्तिक, पर्वत । राजनैतिक नेतृत्व इमान्दार नभएकाले शहिदको सपना पूरा हुन कठिन भएको धारणा सरोकारवालाहरुले राखेका छन् ।

जनयुद्धका शहिद प्रेम नगरकोटी र यादव भुसालको १९ औं स्मरणसभामा आयोजित १९ औं स्मृतिसभामा शहिद यादव भुसालका जेठा छोरा तथा शहिद प्रतिष्ठानका अध्यक्ष जनक भुसालले नेतृत्व वर्ग इमान्दार हुनुपर्ने धारणा राख्दै जनताले परिवर्तनको अनुभूति गर्न पाउनुपर्ने विषय उठाएका थिए ।

सो कार्यक्रमको प्रमुख अतिथि रहेका गण्डकी प्रदेशका मन्त्री तथा सत्तारुढ नेकपाको गण्डकी प्रदेश सचिवालय सदस्य विकास लम्सालले शहिदको सपना साकार पार्न बर्तमान सरकार कटिवद्ध रहेको बताएका थिए ।

नेकपाका वडाअध्यक्ष खेम थापाले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा शहादत हुँदाको स्मरणसहित घटनाक्रम र परिवर्तन व्यवस्थापनका विषयमा सो घटनाका जीवीत साक्षी नुमाकान्त आचार्य (विनोद) ले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा सो पार्टीका प्रदेश सदस्य गगन थापा, राम गिरी, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेल, बिहादीका अध्यक्ष कमल भुसाल, मित्रलाल बस्याल, उमाकान्त भुर्तेल, महेन्द्र श्रेष्ठ, उमाकान्त भुर्तेल (वडा अध्यक्ष) लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन ऋषि भुसालले गरेका थिए ।

वि.सं.२०७७ कात्तिक २५ मंगलवार १५:०० मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...