२५ कार्तिक,काठमाडौं । मोटरसाइकलको ठक्करबाट डोटीमा एक जनाको ज्यान गएको छ । से ५ प ९४६९ नम्बरको मोटरसाइकलले दिपायल सिलगढी नगरपालिका ४ को पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विकलाई ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट घाईते भएकि उनको पचारका क्रममा शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा ज्यान गएको थियो । उक्त घटना पश्चात मुतकको परिवार र आफन्तले प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारमा चक्काजाम गरेका छन् ।पीडित परिवारले चालकलाई खोजी गरी आवशेक कारबाहीको माग गर्दै जाम गराएका हुन ।
मृतक विकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लैजान नदिएर आफन्तले चक्का जाम गरेको इलाका प्रहरी कार्यालय दिपायलले जानकारी दिएको छ ।
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १५:०६ मा प्रकाशित






























