back
CTIZAN AD

ढोलाहिटी–सुनाकोठी सडक मङ्सिर १५ सम्म कालोपत्र गरिने

वि.सं.२०७७ कात्तिक २६ बुधवार

666 

shares

२६ कात्तिक, काठमाडौं । विस्तारको क्रममा रहेको ढोलाहिटी–सुनाकोठी सडक आगामी मङ्सिरको दोस्रो सातासम्ममा कालोपत्र गरिने भएको छ । तीन किलोमिटर लम्बाइको यो सडक कालोपत्र चाँडो हुनुपर्ने माग गर्दै स्थानीयवासी पटक–पटक सडक अवरुद्ध गर्दै आएका छन् ।

कात्तिक मसान्तसम्ममा बेस (आधार) को काम सकाएपछि मङ्सिर १५ सम्ममा कालोपत्र सकिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीले बताए । उनका अनुसार स्थानीयवासीसँग निर्माण कम्पनीले निर्माण भइरहँदा दैनिक दुईपटक पानी खसालेर धुलो कम गर्ने सहमति भएको छ । उनले भने, “तिहारलगत्तै कम्पनीले कालोपत्र शुरु गर्नेछ ।”

सो खण्डको निर्माणको जिम्मेवारी पाएको सैलुङ निर्माण कम्पनीले काम गरिरहेका आयोजनाले जनाएको छ । सो सडकमा कालोपत्र चाँडो गर्नुपर्ने माग गर्दै गत असारमा स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए । आयोजनाले पहिले तोकिएको मापदण्ड २० मिटर चौडाइमा निर्माण गर्न खोज्दा ढिलाइ भएको उनले बताए । मन्त्रिपरिषद्को गत पुस ३ गतेको बैठकले काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सबै सडकमा उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेकाले सोहीअनुसार गर्न लागिएको हो । उनले भने, “कुनै पनि संरचना नभत्काइ भएकै चौडाइमा कालोपत्र भइरहेको छ ।”

ढोलाहिटी–लेले सडक विस्तार चार वर्ष पहिले शुरु भएको थियो । अहिले पनि टाखेल–लेलेलगायत चौडाइ उपलब्ध भएका स्थानमा मापदण्डानुसार नै विस्तार भइरहेको छ । आयोजनाले गत वर्ष नै ठेचोबाट टाखेलसम्मको सडक निर्माण गरेको थियो । उपत्यकामा विस्तारका क्रममा रहेका सडक छेउमा घर भएका स्थानीयवासीले घरलगायत संरचना भत्काउन नमानेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध बनेको थियो ।

जति चौडाइ उपलब्ध छ त्यसैमा निर्माण गर्ने सरकारको निर्णयपछि भने आयोजनाले सबै सडकको निर्माण अघि बढाएको छ । आगामी पुससम्ममा सबै सडक सम्पन्न गर्ने आयोजनाले जनाएको छ । पटक–पटक ठेक्काको अवधि थपिए पनि अब थप्न नमिल्ने भएकाले कम चौडाइमै कालोपत्र गर्न लागिएको हो । उपत्यकामा एकै वर्ष विस्तार शुरु भएका १० सडकमध्ये अहिलेसम्म एउटा पनि डिभिजन सडक कार्यालयमा हस्तान्तरण भइसकेको छैन । रासस

वि.सं.२०७७ कात्तिक २६ बुधवार १२:३६ मा प्रकाशित

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैनः एमाले नेता थापा

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा...

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

सीमानाका विषयमा पक्ष विपक्ष हुनुहुँदैनः राप्रपा नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले...

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौँ । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले...

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

महेन्द्रनगर । यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको...

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौँ । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको...

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व...