back
CTIZAN AD

माउन्टेन इनर्जीको १९ लाख कित्ता आइपिओ आजदेखि निष्काशन

वि.सं.२०७७ कात्तिक २६ बुधवार

780 

shares

२६ कात्तिक, काठमाडौं । माउन्टेन इनर्जी नेपालले आजदेखि सर्वसाधारणका लागि १९ लाख ६७ हजार कित्ता प्राथमिक शेयर निष्काशन गरेको छ। कम्पनीले प्रति इकाइ १०० रुपैयाँका दरमा जारी पुँजीको १० प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो।

सर्वसाधारण समूहतर्फको शेयरमध्ये २ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फण्डका लागि बिक्री गरेर बाँकी रहेको १८ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो।

लगानीकर्ताहरुले उक्त साधारण शेयरमा छिटोमा मङ्सिर २ गतेसम्म र ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सक्नेछन् । सर्वसाधारण शेयरधनीले आस्वा सुविधा भएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर भर्न पाउनेछन्।

कम्पनीले दुई वटा आयोजना निर्माण गरेको छ। म्याग्दी जिल्लाको नारच्याङ्ग स्थित मिष्ट्री खोला जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत जम्मा १३ करोड ४३ लाख रुपैयाँ रहेको छ भने नुवाकोट जिल्लाको सुन्दरादेवी स्थित तादी खोला जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४९ लाख रुपैयाँ रहेको छ। कम्पनीले आगामी दुई आर्थिक वर्षपछि प्रतिशेयर आम्दानी ३६ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ।

आयोजनाले तादीखोला जलविद्युत आयोजनाबाट ५ मेगावाट विद्युत उत्पादन कार्य शुरु भै सकेको छ भने मिस्ट्री खोला जलविद्युत आयोजनाबाट ४२ मेगावाट जलविद्युत उत्पादन गर्ने बताइएको छ ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १३:०७ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...