back
CTIZAN AD

फिप्ना अमेरिकाद्धारा २६ लाख बढीको खाद्यान्न तथा राहत वितरण

वि.सं.२०७७ कात्तिक २६ बुधवार

627 

shares

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) ले कोरोनाको कहरका वीच २६ लाख रुपैयाँ बराबरको खाद्यान्न वितरण गरेको छ ।
फिप्नाले गत जुलाई ५ देखी २९ अगष्टसम्म (झण्डै दुई महिना) नेपालको विभिन्न ठाउँमा २२ हजार ५२ डलर बराबर ( २६ लाख रुपिैयाँ) को राहत वितरण गरेको एक विज्ञप्ति मार्फत् जानकारी दिएको छ ।

कोरोना महामारीका कारण वेरोजगार बनेका विभिन्न जिल्लाका २३८ मजदुरहरू, सिमान्तकृत, दलित तथा गरिब वर्गहरूमा थोरै भए पनि राहत पुगोस् भन्ने उद्धेश्यले राहत वितरण गरिएको हो ।

अमेरिकास्थित नेपाली समुदयका मनकारीहरुले फिप्नाको आर्थिक संकलनको अभियानलाई साथ दिएका थिए । समुदायद्वारा संकलित उक्त रकमको पारदर्शिता देखाउने उद्धेश्यले नोभेम्बर ८ मा पत्रकार सम्मेलन गरी कार्यक्रमको विस्तृत विबरण सहित आय÷व्यय सार्वजनिक गरेको छ ।

फिप्नाले सामाजिक कार्य अन्तर्गत उपत्यकामा प्रत्येक दिन तीनसय जना साथै छैठौ र सातौ दिन पाँच सयलाई लगातार सात दिनसम्म खाना वितरण गर्नुका साथै सोलु वाल कल्याण, साँखुमा रहेको अपांग परिवार र सिद्विसेवा वृद्धाश्रमलाई खाद्यान्न तथा रकम वितरण गरेको थियो ।

त्यसैगरी दैलेखको ५३ राउटे परिवार, सिराहाको ६० मुसहर परिवार, धनकुटाका ६० मजदुर परिवार, मकवानपुरका ६० चेपाङ परिवार, सुनसरीको कोशिटप्पुमा रहेको ४० परिवार गरिब तथा मजदुरहरू, धरानको ४० परिवार सुकुम्बासी तथा मजदुरहरू, मकवानपुरकै राक्सिराङ–५ का १५१ परिवार र दाङको तुलसीपुर लमही क्षेत्रका ६० परिवारलाई राहत वितरण गरेको फिप्नाका अध्यक्ष लोक चेम्जोङले जानकारी दिएका छन् ।

चेम्जोङका अनुसार प्रत्येक परिवारलाई २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ प्याकेट नुन साथै राउटे परिवारलाई र उपत्यकाका बिस परिवारलाई टेन्ट समेत वितरण गरिएको छ ।

देशभर फिप्नाको अभियानलाई सम्पन्न गर्न प्रत्यक्ष सहकार्य गरेको संस्थाहरूमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), समाजसेवी ईन्दिरा राना मगरको पिए नेपाल, दलित जागरण केन्द्र नेपाल गोलबजार,सिरहा, होटल चप्लेटीका संचालक तथा समाजसेवी भोलामणी हर्तम्छाली राई, लेउती जलाधार प्राकृतिक सांस्कृतिक प्रर्वद्वन समिती, नयाँ अनलाईन टिभी, रिदम अनलाईन, रामेछाप काठमाण्डौ पत्रकार समाज रहेका थिए ।

त्यस्तै ग्रामीण क्लब हाउस नेपाल, राक्सिराङ गाउँपालिका, नेपाल चेपाङ संघ बाग्मती प्रदेश समिती, नेपाल आदिवासी जनजाति महासंघ दैलेख जिल्ला समन्वय समिती,नेपाल आदिवासी जनजाति महासंघ गुराँस गाउँपालिका समन्वय समिती, नेपाल आदिवासी जनजाति महासंघ धनकुटा समन्वय समिती, लोकेश्वर मिडिया सर्भर, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद दाङ, सिन्धु वेलफेयर सोसाइटी अमेरीका, बाग्लुङ सेवा समाज अमेरीका साथै वितरण गरिएको ठाउको स्थानिय निकायहरूले समेत सहयोग गरेका थिए ।
फिप्नाले समानता, स्वतंत्रतता, मानवाधिकार, आदिवासी अधिकार, सांस्कृतिक, भाषिक, लैंगिक तथा समानुपातिक समावेसीकरण र पहिचानको सवालमा विभिन्न सन्दर्भमा बहस तथा जागरणका कार्यक्रमहरू गर्दै आईरहेको छ ।

त्यस्तै प्राकृतिक विपत्ति, महामारी, संकट जस्ता मानविय सेवा गर्नुपर्ने समयमा फिप्ना सधै अग्रपंक्तिमा रहेर काम गर्ने गर्दछ । फिप्नाले गत मार्चदेखी जुलाई महिनासम्म अमेरीकामा समेत कोरोना महामारीबाट बच्च पिपिई सामाग्री २६ वटा संघ संस्थाहरूलाई वितरण गरेको थियो ।

फिप्नाको कार्यलयबाट प्रत्यक्षरूपमा एघार हजार माक्स, सत्र हजार पन्जा, छब्बीस हजार टाईनल साथै अन्य सामानहरू वितरण गरेर पन्ध्रसय भन्दा धेरै परिवारलाई सेवा प्रदान गरेको पनि अध्यक्ष चेम्जोङ बताउँछन् ।

पत्रकार सम्मेलनमा फिप्नाका अध्यक्ष लोक चेम्जोङले सम्पूर्ण दाताहरू, आयोजना व्यवस्थापकहरू, स्वयंसेवकहरू सन्चारकर्मीहरू, यो अभियानलाई साथ दिने सबैमा हार्दिक धन्यबाद व्यक्त गरेका छन् ।

फिप्नाले भर्चुअल रूपमा पत्रकार सम्मेलन गरी अध्यक्ष चेम्जोङले सहयोगी मनकारी महानुभावहरू, संघ संस्थाहरू, स्वयंसेवकहरू साथै आयोजक व्यवस्थापक संस्थाहरूलाई धन्यवाद दिएका छन् ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १३:१२ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...