back
CTIZAN AD

सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षतिग्रस्त प्रहरीको भवन बीस वर्षपछि बन्यो

वि.सं.२०७७ कात्तिक २६ बुधवार

702 

shares

२६ कार्तिक, काठाडौं । बेलकोटगढी नगरपालिका–६ मा अवस्थित प्रहरी चौकी झिल्टुङको नयाँ भवन निर्माण भएको छ । सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका प्रहरी एकाइको पुनःनिर्माणअन्तर्गत तत्कालीन माओवादीको सशस्त्र द्वन्द्वको समयमा चौकी छाडेर प्रहरी जिल्लामा केन्द्रित भएपछि खाली भवनमा बम प्रहारबाट क्षति पुगेको २० वर्षपछि आफ्नै भवन बनेको छ ।

नयाँ भवनको मङ्गलबार वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गर्दै प्रदेश मातहतका प्रहरी युनिटमा पर्याप्त दरबन्दी, आवश्यक भौतिक संरचना र समयसान्दर्भिक तालिमको प्रबन्धमा कुनै कमी हुन नदिने उनले बगाए । कार्यक्रमा वाग्मती प्रहरी प्रमुख वसन्तकुमार लामाले सशस्त्र युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका भौतिक संरचना पुनःनिर्माण अन्तिम चरणमा पुगेको र प्रदेशभित्रका सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना गरिएको बताए ।

वाग्मती प्रदेशमार्फत प्राप्त रु एक करोड ८७ लाख लगानीमा निर्माण गरिएको प्रहरी चौकी महिलामैत्री, अपाङ्तामैत्रीसहितको कार्यालय र ब्यारेक भवन रहेको जिल्ला प्रहरी प्रमुख ९प्रहरी उपरीक्षक० तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार भवनमा प्रहरी युनिटको लागि आवश्यक कार्यकक्षसहित बहुविपद् प्रतिरोधी भवनमा विभिन्न नौवटा कोठा रहेका छन् । रासस

वि.सं.२०७७ कात्तिक २६ बुधवार १४:०४ मा प्रकाशित

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...