back
CTIZAN AD

फिल्म छोडेर कृषि तिर लागे दिपक, करोडौँको लगानीमा फार्म हाउस खोल्दै

वि.सं.२०७७ कात्तिक २६ बुधवार

627 

shares

काठमाडौँ । नेपाली सिने जगतका हाँस्य कलाकार तथा निर्माता दिपकराज गिरीले करोडौँको लगानीमा फार्म हाउस खोल्ने भएका छन् । उनी कोरोना संक्रमणको त्रासका कारण स्क्रिप्ट लेख्दालेख्दै छोडेर फार्म–हाउस खोल्ने तयारी लागेका हुन् ।

काठमाडौंको चन्दागीरिस्थित दहचोकमा रहेको पुख्र्यौली जग्गामा फार्म–हाउस खोल्ने योजना बनाइरहेको उनी बताउँछन् । “हजुरबाले जोडेको १० रोपनी जग्गा छ, त्यसबाहेक केही जग्गा म थप्दैछु,” दीपक भन्छन्, “फार्म हाउस निर्माणका लागि चारदेखि पाँच कारोड रुपैयाँ लगानी लाग्ने मैले प्रारम्भिक अनुमान गरेको छु ।”

‘छक्का पञ्जा’ सिरिजको सफलतापछि आर्थिक रुपमा बलियो भएका कलाकार तथा निर्माता दीपकराज गिरी नेपालमा फार्म हाउस खोल्ने पहिलो नेपाली कलाकार हुन् । छिमेकी मुलुक भारतमा कयौं कलाकारले करोडौंको लगानीमा फार्म हाउस खोलेका छन् । जस्तै, लकडाउनको समयमा सलमान खानले आफ्नो फार्म हाउसमा कृषिको काम गरेका तस्विरहरु निकै भाइरल भएका थिए ।

कोरोना भाइरसका कारण फिल्म निर्माण गर्ने अवस्था नभएका कारण आफूले वैकल्पिक पेशा अपनाएको दीपक बताउँछन् । फार्मले एउटा आकार लिएपछि नयाँ फिल्मको तयारीमा जुट्ने भन्दै फार्म हाउसमा सिर्जना हुने रोजगारीमा स्थानीयलाई विशेष प्राथमिकता दिने उनले बताएका छन् ।

वि.सं.२०७७ कात्तिक २६ बुधवार १४:०३ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...