काठमाडौं । बिहार विधान सभा निर्वाचनमा ७४ सीट जित्दै दोस्रो पार्टी बनेको भारतीय जनता पार्टीले गठबन्धनकै नेता नीतीश कुमार यादवलाई सहयोग गर्ने भएको छ । भाजपाको बिहारका उपमुख्यमन्त्री एंव वरिष्ठ नेता सुशील कुमार मोदीले सम्झौता नफेरिने प्रतिबद्धता बताएका हुन् ।
भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै उनले चुनावी नतिजाले सम्झौता नफिरिने र नीतीशकै नेतृत्वमा सरकार बन्ने बताए । ‘चुनावी नतिजा केहिकाँही फरक पर्न सक्छ, जहाँ कसैले कम ल्याउने र बढि ल्याउने हुन्छ तर हाम्रो प्रतिबद्धता फेरिनु हुँदैन्, नीतीश जी नै मुख्यमन्त्री बन्ने कुरामा कुनै भ्रम छैन्’, उनले भने ।
बिहार विधानसभा चुनाव : तेजस्वीको पार्टीलाई भोट तर, सरकार नीतीश कुमारको
२४३ सीटको लागि भएको बिहार विधानसभा निर्वाचनको नतिजामा ७५ सीटसहित तेजस्व यादव नेतृत्वको राजद सबैभन्दा ठूलो पार्टी बनेको छ । जहाँ ७४ सीट जित्दै भाजपा दोस्रो पार्टी बनेको छ ।
मुख्यमन्त्री नीतीश कुमार यादवको पार्टी भने धेरै सीट गुमाउँदै तेस्रो पार्टी बनेको छ । जहाँ यसअघिको निर्वाचनभन्दा २८ सीट कम मतसहित नीतीशको पार्टीले ४३ सीट ल्याएको छ । निर्वाचनमा एनडीए गठबन्धनले १२५ र महागठबन्धनले ११० सीट ल्याएको छ ।
वि.सं.२०७७ कात्तिक २६ बुधवार १४:४७ मा प्रकाशित






























