back
CTIZAN AD

तिहार नजिकिएसँगै बजार अनुगमन अगाडि बढाइयो

वि.सं.२०७७ कात्तिक २६ बुधवार

642 

shares

२६ कात्तिक, बनेपा । तिहार पर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

काभ्रेपलाञ्चोकस्थित बजार अनुगमन टोलीले चाडपर्व लक्षित विशेष बजार अनुगमन शुरु गरेको हो । टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल, मिठाईलगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्ने छन् ।

चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले तिहार निजिकिएसँगै बजार अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो । काभ्रेपलाञ्चोकको मुख्य बजार बनेपास्थित चारदोबाटो आसपासमा रहेका मिठाई तथा होटलहरुको सोमवार अनुगमन गर्दै टोलीले स्वास्थ्य मापदण्डको पालना गर्दै आवश्यक स्वास्थ्य सामग्रीको प्रयोग गरेर मात्रै पसल तथा होटल सञ्चालन गर्न निर्देशन दिएको छ ।

टोलीले अनुगमनका क्रममा मिठाई बनाउने ठाउँ फोहोर रहेको, बनाउँदा मजदूरले मास्क र फेस शिल्ड प्रयोग नगरेको, सफा ठाउँ र भाँडामा पकाउने नगरेको तथा राख्ने ठाउँ समेत सफा नभएको पाइएकाले त्यस्ता पसल तथा होटल सञ्चालकलाई तत्काल सुधार गर्न निर्देशन दिएको घरेलु तथा साना उद्योग काभ्रेपलाञ्चोकका प्रमुख केशवप्रसाद पुडासैनीले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा प्रायजसो मिठाई पसल तथा क्याफेहरुको किचेन कोठा सफा नभएको पाइएको छ ।

“अनुगमन गरेको पसलहरु सबैजसोका बाहिर सेवाग्राही बस्ने ठाउँ ठीक रहेपनि भित्र पकाउने ठाउँमा धेरै सुधार गर्नुपर्ने देखिएको छ”, उनले भने, “त्यसका लागि सञ्चालकको ध्यानाकर्षण गराएका छौं ।” सो क्रममा उद्योग ब्यवसाय सञ्चालन गर्नेहरुले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेर सञ्चालन गर्नुपर्ने भएकाले सम्पूर्ण दर्ता, नबीकरणको कामलाई समेत ध्यान दिन सुझाव दिएका छन् ।

टोलीले बनेपा चारदोबाटो आसपासका कामधेनु स्वीट्स, काभ्रे स्वीट्स एण्ड चाट प्यालेस, दाहाल भिठाई भण्डार, बनेपा फास्ट फुड क्याफेलगायत आधा दर्जन होटलको अनुगमन गरेका छन् । रासस

वि.सं.२०७७ कात्तिक २६ बुधवार १६:०३ मा प्रकाशित

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...