back
CTIZAN AD

मृगका कारण किसान समस्यामा

वि.सं.२०७७ कात्तिक २७ बिहीवार

639 

shares

२७ कात्तिक, स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका–२ भैँसेगौँडामा यतिखेर कोदो पाक्न लागेको छ । कोदो पाक्नै लागे पनि जङ्गलबाट आउने मृगका कारण किसान समस्यामा परेका छन् ।

बर्सातको समयमा दुम्सी र बाँदरबाट मकै जोगाउन हम्मेहम्मे भएका यहाँका किसानलाई अहिले भने समूहमा आउने मृगले कोदो खाइदिएर पीडा थपेको स्थानीय मोहनप्रसाद गुरुङले जानकारी दिए । पाक्नै लागेको कोदो मृगले खान थालेपछि कतिखेर मृग आउलान् भनेर बारीमा कुर्नु यतिखेर सर्वसाधारणको दैनिकीजस्तै बनेको उनले बताए । बर्सातको समयमा मकै खाएर सताउन थालेपछि बाँदर तथा दुम्सी तर्साउनका लागि नगरपालिकाले प्रत्येक टोलमा एक एकवटा तर्साउने उपकरण पनि प्रदान गरेको छ ।

पछिल्ला वर्षमा गाउँ बस्तीमा खेती गर्ने क्रम घट्दै गएको र बस्ती वरपर नै जङ्गल बढेकाले बाँदर, दुम्सी, मृग आदिको सङ्ख्या बढ्दै गएको छ । भैँसेगौँडा विगतमा राम्रो मकै तथा कोदो उत्पादन हुने क्षेत्र हो । तनहुँको दुलेगौडा हुँदै स्याङ्जाको रामबाछा जोड्ने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पर्ने यो ठाउँ पर्यटकीयस्थलसमेत भएकाले उत्पादित कृषिजन्य वस्तु यहीँ नै खपत हुने मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक घरवासका अध्यक्ष बालकुमार गुरुङले बताए ।

“हामीले सहस्राब्दी पदमार्गको विकाससँगै यहाँको कृषिजन्य उत्पादनमा पनि जोड दिएका छौँ”, उनले भने , “कृषकलाई उत्पादनतर्फ अभिप्रेरित गर्ने लक्ष्य रहे पनि बाँदर, दुम्सी, मृग आदिको समस्या चुनौतीका रूपमा देखिएको छ ।” वन्यजन्तुबाट हुने गरेको कृषिजन्य उत्पादनको क्षतिलाई दृष्टिगत गरी सरकारले कृषकमैत्री नीति ल्याउनु आवश्यक भएको उनले बताए । (रासस)

वि.सं.२०७७ कात्तिक २७ बिहीवार १०:१६ मा प्रकाशित

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...