back

जनताप्रति जवाफदेही हुन निर्देशन

वि.सं.२०७३ पुस २६ मंगलवार

660 

shares
IME Limited
NTC AD

२६ पुस,बुटवल। सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले जनताको सेवामा प्रतिबद्ध भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

बुटवल उपमहानगरपालिका–१९ मोतीपुरमा नवनिर्मित सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म बुटवलको भवनको आज उद्घाटन गर्दै बलका प्रमुख राईले जनताले तिरेको करले राज्यका सबै निकाय चल्ने हुँदा सशस्त्र प्रहरी पनि जनताकै सेवक भएकाले जनताप्रति जवाफदेही हुन निर्देशन दिनुभयो ।

उहाँले कुनै पनि देशको औद्योगिक, शैक्षिकलगायत विकासका आधारमा सम्पूर्ण देशको विकासको आधार तय हुने भएकाले औद्योगिक क्षेत्रको सुरक्षामा कुनै कमी हुन नदिन सशस्त्र प्रहरी बलका सबै निकायसँग आग्रह गर्नुभयो ।

यस क्षेत्रको औद्योगिक क्षेत्रको सुरक्षार्थ स्थापना गरिएको गुल्मको भवन रु एक करोड ८८ लाखको लागतमा निर्माण भएको गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बलको स्वामित्वमा रहेको करिब तीन बिघा क्षेत्रफलमा निर्मित भवनमा कार्यालय, सुरक्षाकर्मी भवन सहित तीन भवन छन् । रासस

वि.सं.२०७३ पुस २६ मंगलवार १०:५० मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...