back
CTIZAN AD

जनताप्रति जवाफदेही हुन निर्देशन

वि.सं.२०७३ पुस २६ मंगलवार

1K 

shares

२६ पुस,बुटवल। सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले जनताको सेवामा प्रतिबद्ध भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

बुटवल उपमहानगरपालिका–१९ मोतीपुरमा नवनिर्मित सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गुल्म बुटवलको भवनको आज उद्घाटन गर्दै बलका प्रमुख राईले जनताले तिरेको करले राज्यका सबै निकाय चल्ने हुँदा सशस्त्र प्रहरी पनि जनताकै सेवक भएकाले जनताप्रति जवाफदेही हुन निर्देशन दिनुभयो ।

उहाँले कुनै पनि देशको औद्योगिक, शैक्षिकलगायत विकासका आधारमा सम्पूर्ण देशको विकासको आधार तय हुने भएकाले औद्योगिक क्षेत्रको सुरक्षामा कुनै कमी हुन नदिन सशस्त्र प्रहरी बलका सबै निकायसँग आग्रह गर्नुभयो ।

यस क्षेत्रको औद्योगिक क्षेत्रको सुरक्षार्थ स्थापना गरिएको गुल्मको भवन रु एक करोड ८८ लाखको लागतमा निर्माण भएको गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बलको स्वामित्वमा रहेको करिब तीन बिघा क्षेत्रफलमा निर्मित भवनमा कार्यालय, सुरक्षाकर्मी भवन सहित तीन भवन छन् । रासस

वि.सं.२०७३ पुस २६ मंगलवार १०:५० मा प्रकाशित

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...