२८ कात्तिक, काठमाडौं । आज शुक्रबार सुनको मूल्य ५सयले बढेको छ ।
विहिबार ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ५ सयले बढेर प्रतितोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि ५ सयले बढेर प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आजको बजारमा चाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार १२२० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आजपनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार ११:१६ मा प्रकाशित






























