back

स्ट्याण्डर्ड चार्टर्ड बैंकको पहिलो त्रैमासको वित्तीय विवरण यस्तो छ

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

129 

shares
NTC AD
Global IME AD

२८ कात्तिक, काठमाडौं । स्ण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ४० करोड १३ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ करोड २७ लाख रुपैयाँ अर्थात ३७.६८ प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी, फि, कमिशन तथा डिस्काउण्ट र अन्य सञ्चालन आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३४ करोड ८८ लाख ३८ हजार रुपैयाँ रहेको छ।

बैंकको समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३१ करोड ४५ लाख रुपैयाँ घटेर ६० करोड १६ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३५ करोड १९ लाख रुपैयाँ घटेर ५८ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ।

८ अर्ब १ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६२ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ५ अर्ब ५७ करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ५१ करोड रुपैयाँ थियो।

पछिल्लो तीन महिनामा बैंकको निक्षेप ९५ अर्ब २ करोड रुपैयाँबाट घटेर ८२ अर्ब २२ करोड रुपैयामा झरेको छ भने कर्जा ५३ अर्ब ९२ करोडबाट घटेर ५० अर्ब १७ करोड रुपैयाँमा झरेको छ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार ११:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

नेपालमै पहिलो पटक सिटिजन्स बैंकद्वारा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

नेपालमै पहिलो पटक सिटिजन्स बैंकद्वारा भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

  काठमाडौं । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट...

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...