back
CTIZAN AD

स्ट्याण्डर्ड चार्टर्ड बैंकको पहिलो त्रैमासको वित्तीय विवरण यस्तो छ

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

705 

shares

२८ कात्तिक, काठमाडौं । स्ण्डर्ड चार्टर्ड बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यसम्ममा बैंकले ४० करोड १३ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ करोड २७ लाख रुपैयाँ अर्थात ३७.६८ प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी, फि, कमिशन तथा डिस्काउण्ट र अन्य सञ्चालन आम्दानी घटेका कारण खुद नाफा घट्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३४ करोड ८८ लाख ३८ हजार रुपैयाँ रहेको छ।

बैंकको समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३१ करोड ४५ लाख रुपैयाँ घटेर ६० करोड १६ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३५ करोड १९ लाख रुपैयाँ घटेर ५८ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ।

८ अर्ब १ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६२ करोड २१ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको जगेडा कोषमा ५ अर्ब ५७ करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ५१ करोड रुपैयाँ थियो।

पछिल्लो तीन महिनामा बैंकको निक्षेप ९५ अर्ब २ करोड रुपैयाँबाट घटेर ८२ अर्ब २२ करोड रुपैयामा झरेको छ भने कर्जा ५३ अर्ब ९२ करोडबाट घटेर ५० अर्ब १७ करोड रुपैयाँमा झरेको छ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार ११:२२ मा प्रकाशित

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...