१ मंसिर, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशैभरी ११९७ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षण हुँदा ११९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसमध्ये ४६२ महिला छन् भने ७३५ जना पुरुष रहेका छन् ।
थपिएका कोरोना संक्रमितमा प्रदेश १ मा २६०, प्रदेश २ मा २३, बाग्मती प्रदेशमा ५८०, गण्डकी प्रदेशमा १८, लुम्बिनी प्रदेशमा ५४ जना र सदुरपश्चिम प्रदेशमा ९१ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ३० पुगेको छ ।
हालसम्म कुल १६ लाख १३ हजार ९ सय ११ जनाको पीसीआर परीक्षण भएको छ । देशभर पोजेटिभ केसहरु २ लाख १० हजार ९७३ जना रहेका छन् भने आइसोसनमा ३३ हजार ३७९ जना र १ हजार १३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७७ मंसिर १ सोमवार १९:३९ मा प्रकाशित






























