back
CTIZAN AD

बलिउड अभिनेता इमरान खानले अभिनय छाड्दै

वि.सं.२०७७ मंसिर ३ बुधवार

774 

shares

काठमाडौँ । बलिउड अभिनेता आमिर खानका भान्जा तथा ‘देली बेली’ जस्ता फिल्ममा अभिनय गरिसकेका अभिनेता इमरान खानले अभिनय छाड्ने फैसला लिएका छन् । लामो समयदेखि अभिनयबाट टाढा रहेका उनले अब अभिनय नगर्ने भएका छन् । इमरानका नजिकका साथी तथा अभिनेता अक्षय ओबरोयले एक अन्तर्वार्तामा इमरान खानले अभिनय छाड्ने फैसला लिएको बताएका छन् ।

उनले भने– ‘मेरो बेस्ट फ्रेन्ड इमरान खान अब कलाकार होइन । उसले अभिनय छाडेको छ । यो उसैले मलाई भनेको हो । ऊ मेरो सबैभन्दा नजिकको साथी हो । म उसलाई विहान चार बजे पनि फोन गर्न सक्छु । हामी एकअर्कालाई १८ वर्षदेखि जान्दछौं ।’ उनका अनुसार, इमरान अहिले फ्यूचर प्लान गरिरहेका छन् । उनले फिल्म निर्देशन गर्न सक्ने अक्षयले संकेत गरेका छन् ।

इमरानलाई फिल्मको विषयमा राम्रो ज्ञान भएका कारण आफ्नै फिल्म निर्देशन गर्नसक्ने अक्षयको भनाई छ । इमरानको फिल्मी करिअरको कुरा गर्ने हो भने उनी पछिल्लो पटक फिल्म ‘कट्टी बट्टी’ मा देखिएका थिए । उनले ‘जाने तू जाने ना, किडन्याप, लक, आई हेट लभ स्टोरी’ जस्ता फिल्ममा पनि काम गरेका छन् । उनी अभिनीत फिल्म ‘देली बेली’ दर्शकले निकै रुचाएका थिए ।

वि.सं.२०७७ मंसिर ३ बुधवार १६:२२ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...