back
CTIZAN AD

मैतीदेवी मन्दिर परिसरमा आकर्षक बगैँचा निर्माण गरिने

वि.सं.२०७७ मंसिर ३ बुधवार

753 

shares

३ मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा रहेको गुठी जग्गामा आकर्षक बगैँचा निर्माण गरिने भएको छ ।

विगतमा मैतीदेवी मन्दिर प्रबन्ध समितिले नर्सरीलाई भाडामा दिएको करिब दुई रोपनी जग्गामा भूकम्पजस्ता प्राकृतिक प्रकोपका बेला सुरक्षितरुपमा बस्न सकिने र अरु बेलामा पनि मानिसले पुनतार्जगीका लागि उपयोग गर्नसक्ने गरी बगैँचा बनाउन लागिएको हो । बगैँचा बनाउन काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीले राससलाई जानकारी दिए ।

शहरी विकास तथा भवन निर्माण विभागले स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएसँगै प्रबन्ध समिति महानगरपालिकालाई हस्तान्तरण गरेको पनि उनले सुनाए । मन्दिर क्षेत्रमा धोबीखोला मैतीदेवी छुट गुठीका नाममा पहिले करिब ३० रोपनी जग्गा भए पनि हाल दुई रोपनीमात्र बाँकी छ । बाँकी भएको जग्गालाई महानगरपालिकाले बगैँचा निर्माण गरेर संरक्षण गर्न लागेको पूर्वाधार विभाग प्रमुख रामबहादुर थापाले बताए । बगैँचाको डिजाइन बनाउने काम भइरहेको उनले सुनाए ।

महानगरपालिकाको वडा नं ९, २९ र ३० मा मन्दिरका नामको राजगुठीको जग्गा रहेको छ । वडा नं ९ को जग्गा खाली छ । वडा नं २९ र ३० को जग्गामा भने घर बनिसकेको गुठीका गुठियार नाइके सत्य मुनिकारले बताए । वडा नं ९ खाली जग्गामा पनि मोहीका बीचमा मुद्दा चलिरहेको छ । मन्दिर क्षेत्रको जग्गा संरक्षण गर्ने उद्देश्यले महानगरपालिकाले बगैँचा निर्माण प्रक्रिया शुरु गरेको हो । अरु जग्गालाई पनि मन्दिर मातहत ल्याउँदै जाने समितिको प्रतिबद्धता छ ।

मन्दिर परिसरमा पुरातत्व विभागले तामाको छाना राखेर सांस्कृतिक पाटी निर्माण गरिरहेको छ । पाटीसँगै पुजारी घर पनि निर्माण भइरहेको समितिले जनाएको छ ।(रासस)

वि.सं.२०७७ मंसिर ३ बुधवार १८:२७ मा प्रकाशित

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

नेप्से परिसूचक छ दशमलव ११ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले विभिन्न दुई विधेयक दफावार छलफलका लागि सम्बन्धित...