back
CTIZAN AD

पर्वतका भेषबहादुरको मोटरसाइकल दुर्घटनामा मृत्यु

वि.सं.२०७७ मंसिर ४ बिहीवार

828 

shares

४ मङ्सिर, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

इच्छाकामना गाउँपालिका–६ चेपाङडाँडास्थित सडकबाट मोटरसाइकल अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार पर्वत जिल्ला कुश्मा नगरपालिका–१४ का २६ वर्षीय भेषबहादुर क्षेत्री रहेका छन् । सोही ठाउँ बस्ने मोटरसाइकल चालक अनिल विक गम्भीर घाइते भएका छन् ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग७प २०२३ नम्बरको मोटरसाइकल साँझ ५ः५० बजेको समयमा अनियन्त्रित भई सडकदेखि ५० मिटर तल त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ । घटनामा परी गम्भीर घाइते क्षेत्रीको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचारका क्रममा साँझ ६ः४० बजे मृत्यु भएको हो । गम्भीर घाइते विकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ मंसिर ४ बिहीवार ०७:४८ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...