back
CTIZAN AD

हाते ट्र्याक्टर र थ्रेसरको प्रयोगमा कृषक आकर्षित

वि.सं.२०७७ मंसिर ६ शनिवार

933 

shares

६ मंसिर, डोटी । पछिल्लो समय किसान खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्न लगायतका काममा आधुनिक कृषि औजारको प्रयोगमा कृषक आकर्षित हुन थालेका छन् । उनीहरुले हाते ट्र्याक्टर र थ्रेसरको प्रयोग गर्न थालेका हुन् । ती औजारको प्रयोगले समय र श्रम दुवै कम हुने भएकाले उनीहरु ती औजारप्रति बढी आकर्षित हुने गरेका हुन् ।

गोरुले जोत्नुभन्दा हाते ट्र्याक्टरले खेत जोत्न छिटो तथा सजिलो हुने दिपायल पिपल्लाकी देबकी कठायत खड्काले बताए। “महिलाले पनि सजिलै जोत्न सक्ने मिल्ने भएका कारण जिल्लामा हाते ट्र्याक्टरको माग बढ्दै गएको हो,” उनले भने, “पछिल्लो समय मैले पनि हाते ट्र्याक्टरले खेत जोत्न थालेकी छु, राम्रै भएको छ ।” यहाँका अधिकांश किसानले गोरुले खेत जोत्नुको सट्टा हाते ट्र्याक्टरले खेत जोत्न थालेका छन् । यसका साथै जिल्लामा धान चुट्न तथा गहुँ काट््नका लागि थ्रेसर औजारको प्रयोग पनि बढ्दै गएको छ ।

गोरुले एक दिनमा जोत्ने खेत हाते ट्र्याक्टरले एक÷दुई घण्टामा सक्ने भएकाले समय र श्रमसमेतको बचत हुने सिलगढी नगरपालिका–३ बाँफी गाउँका हिक्मतबहादुर साउदले जानकारी दिए । उनले भने “गोरु नलाग्ने ठाउँसमेतमा हाते ट्र्याक्टर लैजान र जोत्न सकिने भएकाले यसको राम्रो माग छ, छिटोछरितो काम गर्न निकै उपयोगी साधन छ हाते ट्र्याक्टर ।”

पछिल्लो समय जिल्लामा हाते ट्र्याक्टर तथा थ्रेसर औजार खरीद गर्नेको सङ्ख्या वृद्धि हुँदै गएको प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका प्रमुख यज्ञराज जोशीले बताए । उनले भने, “कृषि यन्त्रको माग बढेपछि कतिपय किसानलाई हामीले पनि अनुदानमा कृषि यन्त्र दिन थालेका छौँ, कतिपयले त आफैँ पनि किनेर प्रयोग गर्ने गरेको पाइएको छ ।”

निर्देशनालयले आधुनिक उपकरणमा अनुदान दिँदै आएको र जिल्लाभर १०० भन्दा बढी किसानले अनुदानमा विभिन्न कृषियन्त्र पाएको जनाएको छ । शहर बजार तथा समथल क्षेत्रमा भन्दा पनि यहाँका ग्रामीण क्षेत्रका खेतमा कृषि औजारको बढी प्रयोग हुने गरेको किसान बताउँछन् । रासस

वि.सं.२०७७ मंसिर ६ शनिवार १३:२३ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...