back
CTIZAN AD

वैवाहिक जीवनको २५औँ वर्ष पार गरेको उपलक्ष्यमा एक दम्पतीले वृद्धाश्रमलाई सहयोग

वि.सं.२०७७ मंसिर ६ शनिवार

858 

shares

६ मंसिर, गण्डकी । वैवाहिक जीवनको २५औँ वर्ष पार गरेको उपलक्ष्यमा यहाँका एक दम्पतीले पोखरा महानगरपालिका– १७ सीतापाइलास्थित वृद्धाश्रममा खाद्यान्न एवं नगद सहयोग गरेका छन् । हिमालयन आँखा अस्पतालका प्राविधिक अधिकृत छवबहादुर बस्नेत र मनिपाल शिक्षण अस्पतालमा कार्यरत उनकी श्रीमती देवी बस्नेतले पोखरा वृद्धाश्रमलाई खाद्यान्न ताथ नगद सहयोग गरेका हुन्।

वैवाहिक वर्ष गाँठका नाममा अनावश्यक खर्च गरी भड्किलो बनाउने प्रचलन बढिरहेको वर्तमान अवस्थामा बस्नेत दम्पतीले रु १० हजार मूल्य बराबरका खाद्यान्न तथा नगद आज वृद्धाश्रममा पुगेर अध्यक्ष कुशुमकेशव पराजुलीलाई हस्तान्तरण गरेका हुन ।

सहयोग सामग्री बुझ्दै अध्यक्ष पराजुलीले मानवीय सहयोगका भरमा आश्रम सञ्चालन हुँदै आएको जनाउँदै बस्नेत दम्पतीलाई सहयोगका लागि आभार व्यक्त गरे। आगामी दिनमा पनि यस्तै किसिमको साथ र सहयोगको अपेक्षा गर्दै उनले समाजका असहाय एवं विपन्न वर्गका वृद्धवृद्धा र सेवकसेविका गरी आश्रममा हाल ५५ जना आबद्ध रहेको जानकारी दिए ।

प्रत्येक वर्ष दुवै जनाको एक महिनाको आम्दानी सामाजिक सेवामा समर्पित गर्दै आएको र आप्mना सन्ततिलाई पनि सेवा भावनामा लाग्न प्रेरित गर्ने विश्वास बस्नेत जोडीको रहेको छ । विस्ं २०५२ मा स्थापना गरी जनस्तरबाट सञ्चालन हुँदै आएको छ । रासस

वि.सं.२०७७ मंसिर ६ शनिवार १५:५१ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

वनफूलले चिटिक्कै परेको ढोरपाटनले बोलाउँदैछ पर्यटक

ढोरपाटन (बागलुङ) । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमितको संख्या

ढोरपाटन (बागलुङ) । बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

जनक श्रेष्ठ, लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा...

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनालाई छ अर्ब बजेट

दमौली (तनहुँ) । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत्...