back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका ८९९ सहित देशैभरी १६७४ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ मंसिर ६ शनिवार

708 

shares

६ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ८९९ जनासहित देशैभरी १६७४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा २, खोटाङमा १, झापामा ५७, भोजपुरमा १, धनकुटामा ७ र सुनसरी ५ र सोलुखुम्बु १ गरी प्रदेशमा ७८ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ११, बारामा ५, महोत्तरीमा ३,सप्तरीमा २, सर्लाहीमा ४ र सिराहामा ७ जना गरी प्रदेशमा आज ३२ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६८५, काभ्रेपलान्चोकमा ५६, चितवनमा ६१, दोलखामा ३, धादिङमा १८, नुवाकोटमा ८, भक्तपुरमा ४९, मकवानपुरमा २५, रामेछापमा ४, ललितपुरमा १६५, सिन्धुपाल्चोकमा ७ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज १०८३ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ७५, गोरखामा ९, तनहुँमा ४४, नवलपरासीपूर्वमा २८, पर्वतमा ६, म्याग्दीमा ३, लमजुङमा ५, बागलुङमा ७ र स्याङजामा ७ जना गरी प्रदेशमा आज १८४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ३३, गुल्मीमा ४, दाङमा १०, नवलपरासीमा ३३, पाल्पामा १९, प्युठानमा ३, बर्दियामा १७, बाँकेमा ३९, रुकुमपूर्व १ र रुपन्देहीमा ५७ र रोल्पामा ७ जना गरी प्रदेशमा आज जम्मा २२७ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको दैलेखमा ४, रुकुम पश्चिममा १, सल्यानमा ४ र सुर्खेतमा १ र गरी प्रदेशमा आज १० जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ३, कन्चनपुरमा ३, कैलालीमा ४०, डडेल्धुरामा ६, बाजुरामा १, बैतडीमा १, बझाङमा ६ जना गरी प्रदेशमा आज ६० जना थपिएसँगै देशैभरी १६७४ जना संक्रमति थपिएका हुन् । जसमा महिला ६६१ र पुरुष १०१३ जना रहेका छन् ।

आज थपिएका १६७४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

आज काठमाडौं उपत्यकाका १२२९ सहित देशैभरी २१०३ जनामा कोरोना संक्रमण

वि.सं.२०७७ मंसिर ६ शनिवार १७:०९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...