७ मंसिर, काठमाडौं । सानिमा बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
यसमध्ये सर्वसाधारणका लागि १६ लाख इकाई खुला हुनेछ । बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ८.५५ ब्याजदर पाइने बैंकले जनाएको छ ।
बैंकले १० वर्ष अवधिको ‘सानिमा डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यपिटलले गर्नेछ । नेपाल धितोपत्र बोर्डले कात्तिक २७ गते ऋणपत्र बिक्री गर्न सानिमालाई अनुमति दिएको हो ।
वि.सं.२०७७ मंसिर ७ आइतवार १५:३३ मा प्रकाशित





























