back
CTIZAN AD

यसकारण गुम्दैछ नेकपाप्रति विश्वास

वि.सं.२०७७ मंसिर ७ आइतवार

675 

shares

नेताहरूले ‘मैल यस्तो भने’ भनेर पत्रकारलाई नभनि पत्रिकामा नेताका भनाई छापिदैनन् । यसको अर्थ नेता पार्टीका नेता होइनन् पत्रिकाका संवाददाता रहेछन भन्ने देखिन्छ पछिल्लो अवस्थामा । जसका कारण पार्टी र कमिटीमा राख्नु पर्ने धारणा, असन्तुष्टी बाहिर छताछुल्ल आइरहेका छन् । नेता, कार्यकर्ताबीच विवाद र विभाजन बढाई रहेछन् । देशमा अस्थिरता र जनतामा आक्रोश अनि निरासा बढीरहेको र पार्टीभित्र नेताहरू बीचको शत्रुता, पदलोलुपता, संघर्ष, गैरजिम्मेवारीपनका कारण नेता तथा कार्यकर्ताको भविष्य अनिश्चित र छिन्न–भिन्न बन्दै गइरहेको अवस्था छ । आउने चुनावमा नेकपालाई जनताले मतदान दिने र विश्वास गर्ने अवस्था विस्तारै गुम्दैछ । मिलेर खान र बस्न नजान्ने नेकपाका नेताहरूले आफँ, आफन्त, परिवार र गुटका केहि मुख्य नेताहरू बाहेक आम जनताका जनजिविकाका सवालमा आखा चिम्लने गरेको र कार्यकर्ता र समर्थकहरूको मनोभावना बुझेर काम गर्न नजानेका कारण नै यो अवस्था आएको हो भन्दा फरक नपर्ला ।

यतिबेला पार्टीले सरकारलाइ सहयोग नगर्ने अनि सरकारले पार्टी नहेर्ने दुवै अतिवादी चरित्रले न पार्टी न सरकार जनतामा प्रशशा लायक बन्न सकेका छन् । भएका लोकप्रियता पनि आफ्नै दलका नेताहरूले समाप्त पारिदिएको र पार्टीका नेता तथा कार्यकर्ताले नै सरकारले केहि गरेन नराम्रो काम मात्र गर्यो भन्दै बाहिर हिँडिरहेको अवस्था छ । सधै आफ्ना र आफन्तका स्वार्थका लागि मात्र झगडा गरेर जनमतको विश्वास गिराउँदै गएको नेकपाका नेताले ‘भोली चुनावमा ‘हामीले पाँच वर्षमा यो–यो काम गर्यौ, निरन्तर गर्न र सम्पन्न हुन बाँकी यी–यी काम पूरा गर्न पुनः नेकपालाइ मतदान गरिदिनुस्’ कुन मुख लिएर जनता सामु जाने भन्ने गम्भीर समिक्षा अब नेताहरुले गर्नैपर्ने हुन्छ ।

पार्टी र यसका नेताहरूको झगडा, सत्रुता, विवाद, अवरोध, खुट्टा तान्ने काम देखेका जनताले कसरी कुन विश्वास र आधारमा नेकपालाई पुनः बहुमत देलान ? सधै आफुँ र परिवार मात्र भन्ने र बनाउने नेताहरूलाइ जनताले कसरी बिजयी गराउलान् ? कसरी आफ्नै दलका नेता र सरकारलाइ आफ्नो नमान्ने, विरोध गर्ने र उल्टै काम गर्ने वातावरण बिगारी दिने नेताहरूलाई कार्यकर्ता र समर्थकहरूले सहयोग र मतदान गर्लान ? पार्टी अनुशासन, नीति, विधी साना नेता र कार्यकर्तालाई मात्र लागु हुने र ठूला–ठाला नेताहरूले जे गरे पनि अनि जे बोले पनि हुने यस्तो अनुशासनहिन, अराजक व्यवहार र काम जनता सामु कसरी पाच्य र मान्य भैरहन सक्ला र !

युवा नेता कार्यकर्ता र समर्थक ठूला नेताका आदेशपालक र दास त पक्कै होइनन् जो ठुलाले आफ्नै पार्टी र भविस्य समाप्त पार्ने काम भइरहँदा टुलु–टुलु हेरेर बसिरहलान् र ? व्यक्तिगत र गुटगत स्वार्थ पूरा गराउन र गुटगत सत्रुता साध्न विदेशी अनुदान, भ्रमण, भेटघाट,आयोजना, निर्माणलाइ अनावस्यक भ्रम बनाई, आरोप लगाई विदेशी शाशकहरूलाइ खुशी पार्न र ‘म तिम्रो पक्षमा छु’ भन्ने देखाउन जुन अनावश्यक र असान्दर्भिक रूपमा बिषय र मुद्दा बनाएर समस्या बनाइ रहेछन । यही सोच, मानसिकता र व्यवहार अर्को पक्षले यस्तो गरिरहेकाहरू माथी स्वभाविक लगाउने छन्, लगाउछन् । आफ्नैलाइ आफ्नो नदेख्ने र खेद्ने नेकपाका आजका नेताहरूको व्यवहारले न पार्टी न सरकार जनता र कार्यकर्तामा स्थापित र समर्थनमा परिरहन सक्छ । जनता र कार्यकर्ताहरूले बाटो बदल्ने छन । मन र विस्वास बदल्ने छन् । नेताहरू प्रतिको साथ र सम्मान बदल्ने छन् । यसरी पार्टी र यसका नेताहरूको राजनैतिक भविस्य समाप्ति तिर जादैछ । जुन सबैभन्दा दुःखद स्थिती हो ।

आजका सबै दल र नेताहरू सरकारमा पुगिसकेका छन् । यी सबैलाइ थाहा छ कि देशको ढुकुटीबाट कसरी आफ्नो, परिवार र आफन्तको ढुकुटी भर्ने भराउने । आफु दल र सरकारको मुख्य पदमा पुग्न या नपुगे पनि नियमित शक्ति र आम्दानीको श्रोत बनाइ राख्न सबै दलका ठुला नेताहरूले गुट बनाएका हुन्छन् र तीनै गुटका मानिसलाइ दल, सरकार र राज्यका पद र आम्दानीका ठाउमा पुराउने, राख्ने काम गरि रहेका हुन्छन् । चाहे ति दलका सासंद हुन या सरकारका मन्त्री या राज्यका अंग या निर्माण र आयोजनाहरूका प्रमुख र दाता आफ्ना मानिस बनाएर शक्ति र सम्पती जोड्ने र जोगाउने काममा लागिपरिरहेका नै हुन्छन् ।

आज नेकपाभित्रको द्वन्द र झगडा यही शक्ति र सम्पतिको श्रोत कै लागि भएको जस्तो देखिदैछ । भन्नलाइ निित र विधी भनिएता पनि व्यक्ति, परिवार, आफन्त र गुटकै स्वार्थ र स्थान कै लागी हो भन्ने कुरा छर्लग भैसकेको छ । यसमा कि त सरकारको नेतृत्व गरि रहेकाहरूले मात्रै खाए पाए या आफ्ना गुट र श्रोतका मानिसले भने जसरी खान र कमाउन पाएनन भन्ने नै हो । चाहे ठेक्का होस् या आयोजना चाहे ठेकदार होस् या मालदार मन्त्रालय, आफ्ना गुटका मानिस मै राखिरहन र पारिन खोजिएका लफडा नै झगडा बनेर देखिएका हुन सक्छन । आफ्ना मानिसहरूलाइ बचाउने र कमाउने ठाउ दिने अन्य गुटका मानिस र ठेकदारलाइ कार्यवाही गर्ने र कमाउने ठाउ नदिने भन्ने मानसिकताले पनि आजको नेकपा र यसको सरकारभित्र समस्या आइरहेको हुन सक्छ ।

यतिबेला नेकपाभित्र गहिरिँदै गएको समस्या र अध्यक्षद्धयबीचको आरोप–प्रत्यारोप र प्रस्ताव लिखित छन् । तर, जुन पालना भएनन् भनि भनिएका नियुक्तिहरू जस्तै मन्त्री, राजदूत, संवैधानिक र राज्यका अंगका प्रमुख, ठेक्का, आयोजना कस्लाइ पार्ने र दिने भन्ने मौखिक सहमतिहरू लिखित छन त ? लिखित छन् र सहमति यता उति भए बिमति, बिरोध, अवरोध, विवाद र द्वन्द जायज ठहरिएला तर भेटघाट भइरहेका थिए । बैठक भइ नै रहेका थिए । भेटघाट, प्रस्ताव, नामावली र सहमति बमोजिम नै नियुक्ति भएका र आफ्नै दलका नेता, समर्थकहरू नै नियुक्तिमा पारिएका नै हुन् । अबभित्र एउटा बाहिर एउटा ओलीले गरेका हुन् या प्रचन्डले भन्दै हिँडेका हुन, यसको प्रमाण भनेको लिखित निर्णय र नियुक्तिमा पर्नेहरूको लिखित नामावली, बिभाग र ठेक्का पट्टा र आयोजनाहरू नै हो । जुन लिखित कहि हुदैनन मौखिक प्राय हुन्छन् ।

आफ्ना ठेकदार, आम्दानी र शक्तिका श्रोतलाइ ठाउँ र नाउँ दिइएकै होलान तर पनि किन बाहिर अलग–अलग भनाइ र बैठकहरू दुबै पक्षबाट हुने गर्छन ? आफु र आफ्नोलाइ मात्र कुनै पनि व्यक्ति र व्यवस्थाले खान र दिइरहन सक्दैन । यसो गरिए राणा र शासकहरू जस्तै घर, परिवार, समाज, राज्य, सरकार, शाशन संस्था र व्यवस्था मै झगडा र बिभाजन आउछ । काटमार र कित्ताकाट हुन्छन ! काग्रेस र कम्युनिस्टहरू किन बुझेर पनि गल्ति गरि रहेका छन ? के आक्रोश र निराशाका शिकार हुन खोजिएको हो ? नेकपा र यसका ठूला र बुढा नेताहरूले किन निदाएको जस्तो गरि रहेछन ?

वि.सं.२०७७ मंसिर ७ आइतवार १५:१३ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...