back
CTIZAN AD

प्रथम श्रेणी माथिका निजामति कर्मचारीले प्रतिस्पर्धात्मक परीक्षाको तयारी कक्षामा प्रशिक्षण दिन नपाउने

वि.सं.२०७७ मंसिर ७ आइतवार

810 

shares

७ मंसिर । लोकसेवा आयोग तथा अन्य निकायबाट सञ्चालन हुने परीक्षाको तयारी कक्षामा निजामति कर्मचारीले प्रशिक्षण दिन नपाउने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रेस विज्ञप्ति जारी राजपत्राङ्कित प्रथम श्रेणी वा सो भन्दा माथिल्लो पदमा कार्यरत निजामती कर्मचारीले स्वीकृति नलिई निजी इन्स्टिच्यूटमा उपस्थित भई वा अनलाइन माध्यमको उपयोग गरी लिखित वा मौखिक प्रशिक्षण दिन नपाउने मन्त्रीस्तरीय निर्णय जानकारी गराएको हो ।

सबै निजामती कर्मचारीलाई सेवा प्रवाहमा तल्लिन बनाइ निजामती सेवालाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले मन्त्रीस्तरबाट यस्तो निर्णय भएको जनाउँदै यसअघि कुनै मन्त्रालयबाट वा निकायबाट कुनै कर्मचारीलाई स्वीकृति उपलब्ध गराइएको भए पनि आजको मितिबाट निष्कृय हुने स्पष्ट पारिएको छ ।

स्वीकृति प्राप्त नगरी यस्ता प्रकृतिका प्रशिक्षण कार्यमा प्रशिक्षकको रुपमा कार्य गरेको वा कार्यालय समयमा निजी इन्स्टिच्युटको प्रशिक्षण कार्यमा सहभागी हुने काम निजामती सेवा ऐन र नियमको विपरित हुने हुँदा त्यस्ता कर्मचारीलाई सम्बन्धीत निकायबाट कारवाही प्रक्रिया अगाडि बढाउने विज्ञप्तिमा उल्लेख छ ।

वि.सं.२०७७ मंसिर ७ आइतवार १८:२४ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...